back
CTIZAN AD

अस्ट्रेलियाद्वारा जलवायुसम्बन्धी सम्झौतालाई अनुमोदन

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

981 

shares

२६ कात्तिक, क्यानबेरा (अस्ष्ट्रेलिया) । अस्ट्रेलियाले बिहीबार गतबर्ष पेरिसमा गरिएको जलवायु सम्मेलनबाट निर्णय भएको र अप्रिलमा न्युयोर्कमा हस्ताक्षर भएको सम्झौतालाई अनुमोदन गरेको छ ।

संसदलाई सम्बोधन गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री मालकम टर्नबुलले सन् २०१५ मा पेरिसमा गरिएको र अप्रिलमा न्युयोर्कमा हस्ताक्षर गरिएको जलवायु सम्झौतालाई अनुमोदन गराउने अस्ट्रेलिया १४० औँ देश भएको बताउनुभयो ।

उक्त सम्झौतामा विश्वव्यापी तापमान वृद्धिलाई २ डिग्री सेल्सियसमा सीमित पार्न पाँच वर्षको लक्ष्यसहित ग्रीन हाउस ग्यास उत्सर्जनलाई घटाउने सहमति भएको छ ।

सहमति अनुसार अहिलेसम्म ग्रीन हाउस ग्यास उत्सर्जनमा ठूलो हिस्सा ओगट्ने चीन, अमेरिकालगायत १३९ राष्ट्रले सम्झौतालाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता यसअघि नै गरिसकेका छन् ।

जलवायुसम्बन्धी पेरिसमा भएको सम्मेलनको एक वर्षमा जलवायु सम्झौता एक महत्वपूर्ण र बहुआयामिक नयाँ मोड भएको र यसले अन्तर्राष्ट्रिय समयदायलाई विश्वव्यापी रणनीतिका साथ अघि बढ्न अभिप्रेरित गर्न उत्साहित गरेको छ, टर्न बुलले सञ्चारमाध्यमसँग्को कुराकानीमा बताउनुभयो ।

उहाँले अस्ट्रेलियाले सम्झौताबमोजिम सन् २०२० मा लक्ष्यलाई पूरा गर्न ठिक बाटोमा आइसकेको बताउनुभयो ।

अस्ट्रेलियाले पेरिस जलवायु सम्मेलनले निर्दिष्ट गरेको लक्ष्यलाई अनुमोदन गरेको कुरा जलवायु सम्झौता कार्यान्वयन गर्न मोरक्कोमा भइरहेको छलफलमा विदेशमन्त्री जुली विसप र वातावरणमन्त्री जोस फ्राइडेनवर्गलाई पठाउने निर्णयसमेत गरेको छ । एपी

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार ०३:३२ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...