Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

अस्ट्रेलियाद्वारा जलवायुसम्बन्धी सम्झौतालाई अनुमोदन



२६ कात्तिक, क्यानबेरा (अस्ष्ट्रेलिया) । अस्ट्रेलियाले बिहीबार गतबर्ष पेरिसमा गरिएको जलवायु सम्मेलनबाट निर्णय भएको र अप्रिलमा न्युयोर्कमा हस्ताक्षर भएको सम्झौतालाई अनुमोदन गरेको छ ।

संसदलाई सम्बोधन गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री मालकम टर्नबुलले सन् २०१५ मा पेरिसमा गरिएको र अप्रिलमा न्युयोर्कमा हस्ताक्षर गरिएको जलवायु सम्झौतालाई अनुमोदन गराउने अस्ट्रेलिया १४० औँ देश भएको बताउनुभयो ।

उक्त सम्झौतामा विश्वव्यापी तापमान वृद्धिलाई २ डिग्री सेल्सियसमा सीमित पार्न पाँच वर्षको लक्ष्यसहित ग्रीन हाउस ग्यास उत्सर्जनलाई घटाउने सहमति भएको छ ।

सहमति अनुसार अहिलेसम्म ग्रीन हाउस ग्यास उत्सर्जनमा ठूलो हिस्सा ओगट्ने चीन, अमेरिकालगायत १३९ राष्ट्रले सम्झौतालाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता यसअघि नै गरिसकेका छन् ।

जलवायुसम्बन्धी पेरिसमा भएको सम्मेलनको एक वर्षमा जलवायु सम्झौता एक महत्वपूर्ण र बहुआयामिक नयाँ मोड भएको र यसले अन्तर्राष्ट्रिय समयदायलाई विश्वव्यापी रणनीतिका साथ अघि बढ्न अभिप्रेरित गर्न उत्साहित गरेको छ, टर्न बुलले सञ्चारमाध्यमसँग्को कुराकानीमा बताउनुभयो ।

उहाँले अस्ट्रेलियाले सम्झौताबमोजिम सन् २०२० मा लक्ष्यलाई पूरा गर्न ठिक बाटोमा आइसकेको बताउनुभयो ।

अस्ट्रेलियाले पेरिस जलवायु सम्मेलनले निर्दिष्ट गरेको लक्ष्यलाई अनुमोदन गरेको कुरा जलवायु सम्झौता कार्यान्वयन गर्न मोरक्कोमा भइरहेको छलफलमा विदेशमन्त्री जुली विसप र वातावरणमन्त्री जोस फ्राइडेनवर्गलाई पठाउने निर्णयसमेत गरेको छ । एपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ