२६ कात्तिक, जेरुसेलम (इजरायल) । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारले बिहीबार इजरायली बस्ती शान्तिका लागि बाधक नभएको बताउनुभएको छ ।
ट्रम्पका सल्लाहकार जासन ग्रीन ब्लाट्सले इजरायली सेनिक रेडियोमा बोल्नुहुँदै भन्नुभयो, “सन् १९६७ मा नियन्त्रणमा लिई बनाइएका इजरायली बस्ती प्यालेस्टाइन तथा इजरायलबीचको शान्ति सम्झौताका लागि बाधक बन्नदैनन् ।
लामो सयमदेखि यस विषयमा अमेरिकाको सकारात्मक पहल नहुँदा शान्ति वार्ता हुन नसकेको भन्ने उहाँको भनाई थियो ।
ग्रीन ब्लाट ट्रम्प अर्गनाइजेसनका प्रमुख कानुनी अधिकृत तथा कार्यकारी उपप्रमुख हुनुहुन्छ ।
उहाँलाई ट्रम्पले नवनिर्वाचित अमेरिकी राष्ट्रपति आफ्नो इजरायलका लागि उच्च सल्लाहकारका रूपमा खटाउनुभएको छ ।
इजरायल र अमेरिकाबीच घनिष्ठ सम्बन्ध रहेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच खासगरी इजरायलको प्यालेस्टिनी नीतिका विषयलाई लिएर खटपट रहेकोे छ ।
तर नेतन्याहू र ट्रम्पबीच मित्रवत सम्बन्ध रहेकाले ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै सम्बन्धमा सुधार आउने विश्लेषकको भनाइ छ । एपी