back
CTIZAN AD

शान्तिका लागि इजरायली बस्ती अवरोध नहुने

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

1.2K 

shares

२६ कात्तिक, जेरुसेलम (इजरायल) । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारले बिहीबार इजरायली बस्ती शान्तिका लागि बाधक नभएको बताउनुभएको छ ।

ट्रम्पका सल्लाहकार जासन ग्रीन ब्लाट्सले इजरायली सेनिक रेडियोमा बोल्नुहुँदै भन्नुभयो, “सन् १९६७ मा नियन्त्रणमा लिई बनाइएका इजरायली बस्ती प्यालेस्टाइन तथा इजरायलबीचको शान्ति सम्झौताका लागि बाधक बन्नदैनन् ।

लामो सयमदेखि यस विषयमा अमेरिकाको सकारात्मक पहल नहुँदा शान्ति वार्ता हुन नसकेको भन्ने उहाँको भनाई थियो ।

ग्रीन ब्लाट ट्रम्प अर्गनाइजेसनका प्रमुख कानुनी अधिकृत तथा कार्यकारी उपप्रमुख हुनुहुन्छ ।

उहाँलाई ट्रम्पले नवनिर्वाचित अमेरिकी राष्ट्रपति आफ्नो इजरायलका लागि उच्च सल्लाहकारका रूपमा खटाउनुभएको छ ।

इजरायल र अमेरिकाबीच घनिष्ठ सम्बन्ध रहेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच खासगरी इजरायलको प्यालेस्टिनी नीतिका विषयलाई लिएर खटपट रहेकोे छ ।

तर नेतन्याहू र ट्रम्पबीच मित्रवत सम्बन्ध रहेकाले ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै सम्बन्धमा सुधार आउने विश्लेषकको भनाइ छ । एपी

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार ०३:३३ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...