back

यस्तो बन्दै छ ७ अर्ब लगानीको संघीय संसद्को भवन

वि.सं.२०७६ जेठ १३ सोमवार

471 

shares

१३ जेठ, काठमाण्डौं । आगामी तीन वर्षभित्र संघीय संसद्को आफ्नै भवन निर्माण हुने भएको छ । सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ७३ रोपनी आठ आना जग्गामा सात अर्ब रुपैयाँ लगानीमा भवन बनाउन लागिएको हो । चालू आर्थिक वर्षदेखि नै निर्माण सुरु गरी आर्थिक वर्ष ०७८ र ७९ मा सम्पन्न गरिने भवन निर्माण विकास तथा भवन निर्माण विभागको योजना छ ।

सरकारले चालू आवको नीति तथा कार्यक्रममा संघीय संसद् भवन निर्माण गर्ने व्यवस्था गरेको थियो । जसअनुसार गत कात्तिकदेखि सुरु गरिएको डिजाइनको काम सम्पन्न भएको विभागका महानिर्देशक मणिराम गेलालले बताए । भवनको आर्किटेक्चर डिजाइन इन्गर कन्सल्टेन्सीले र स्ट्रक्चरल डिजाइन डिजिकम इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो ।
यस्तो हुनेछ संसद् भवन
संघीय संसद् भवनमा तीनवटा प्रवेशद्वार हुनेछन् । गुरुयोजना अनुसार मूलढोका दक्षिणतर्फ रहनेछ भने उत्तरतर्फको ढोकाबाट सांसद आवतजावत गर्नेछन् । दक्षिण–पूर्वको ढोकाबाट कर्मचारी तथा सर्वसाधारण प्रवेश गर्नेछन् । अत्याधुनिक सुरक्षा जाँच पार परेर मात्र प्रवेशको व्यवस्था गरिनेछ । दक्षिणतर्फको मूलढोकाबाट बायाँतर्फ प्रतिनिधिसभा हल हुनेछ भने दायाँतर्फ राष्ट्रिय सभा हल हुनेछ ।

सबै भवनमा काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी डिजाइन गरिएको छ । अधिकांश भवन बढीमा तीन तलाको हुनेछ । संसदीय दलको समिति भवन र कार्यालय भवन पाँच तलाको हुनेछ । आवश्यकताअनुसार भवनहरूको प्रयोजनलाई ध्यानमा राखी बेसमेन्ट र सेमिबेसमेन्ट राखिएको छ । परिसरभित्र बन्ने प्रत्येक संरचनालाई भूकम्प, आगलागीजस्ता आपत्कालीन अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको छ । सोमबारको नयाँपत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन् ।

वि.सं.२०७६ जेठ १३ सोमवार ०७:४९ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...