
१३, जेठ । नेपाल राष्ट्र बैंक(Nepal Rastra Bank)ले नेपाल सरकारको रु. ८ खर्बको ६ वर्षे विकास ऋणपत्र २०८२ ‘ग’ को बिक्री गर्दैछ । बोलकबोलबाट बिक्री गरिने उक्त ऋणपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताका जानकारीका लागि सूचना जारी गरेको छ ।
सूचनामा २०७६ जेठ १४ गते मंगलबार बोलकबोलमार्फत बिक्री गदिने भएकाले इच्छुक खरिदकर्ताले बोल गर्न अनुरोध गरिएको छ ।
उक्त ऋणपत्रको बोलकमोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले समेत भाग लिन सक्नेछन् ।
बोककबोलमा भाग लिन चाहने इच्छुक खरिदकर्ताले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत उल्लेख गरी राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी लघुवित्त प्रबद्र्धन तथा सुरपरिक्षण विभाग बालुवाटारमा जेठ १४ गते दिउँसो ३ बजेभित्र बुझाउनु पर्नेछ ।
यससम्बधी विस्तृत जानकारीका लागि बैंककको वेबसाइट www.nrb.org.np मा हेर्न वा फोन नं ०१–४१०१७३२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
वि.सं.२०७६ जेठ १३ सोमवार १०:०४ मा प्रकाशित




























