back
CTIZAN AD

कार्यालयको भवन निर्माणका लागि दुई परिवारद्वारा जग्गादान

वि.सं.२०७६ जेठ १३ सोमवार

747 

shares

१३ जेठ, वालिङ । वालिङका स्थानीयले वडा कार्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन् । वालिङ नगरपालिका–२ को वडा कार्यालयको भवन निर्माणका लागि दुई परिवारले आठ आना जग्गा उपलब्ध गराएका हुन् । वालिङ वडा नं २ सिमलचौपारीका सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले चार आना, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले चार आना गरी कूल आठ आना जग्गा वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराएको वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताए ।

चलनचल्तीको मुल्य अनुसार सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले उपलब्ध गराएको चार आना जग्गाको बिक्री मुल्य करीब रु बीस लाख, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले उपलब्ध गराएको चार आना जग्गाको बिक्री मूल्य रु दश लाख गरी कूल ३० लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको वडाध्यक्ष लम्सालले बताए ।

“वडाले पायक पर्ने स्थानमा वडा कार्यालयका लागि निःशुल्क जग्गा माग गरेकाले हामीले निःस्वार्थ भावले जग्गादान दिएका हौँ”, जग्गादाता सूर्यप्रसादले भने, “आशा छ हामीले दिएको जग्गा सामाजिक हितका लागि प्रयोग भई वडावासी लाभान्वित हुनेछौँ ।” “वडालाई जग्गा प्राप्त भइसकेपछि अब कार्यालय भवनका लागि स्रोत जुटाउनतर्फ लाग्नेछौँ”, वडाध्यक्ष लम्सालले भने, “वडालाई निःशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गादातालाई वडाको तर्फबाट धन्यवाद दिँदै सम्मान व्यक्त गर्दछु ।”

वि.सं.२०७६ जेठ १३ सोमवार १०:३४ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...