back
CTIZAN AD

यू १९ इस्टर्न रिजन क्रिकेटको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल म्यानमारसँग

वि.सं.२०७६ जेठ १३ सोमवार

855 

shares


१३ जेठ । मलेसियामा हुने एसीसी यू– १९ इस्टर्न रिजन क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा नेपालले म्यानमारसँग खेल्ने भएको छ ।

कुल ८ टिम सहभागिता रहने प्रतियोगितामा दुई समुहमा बिभाजन गरी खेल तालिका तयार गरीएको छ । समूह ‘ए’ मा रहेको नेपालले जुलाई २ मा म्यानमारसँग खेल्नेछ । यस्तै जुलाई ५ मा सिंगापुर र अन्तिम खेलमा जुलाई ६ मा चीनसँग खेल्नेछ ।

अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् । दुबै समूहका शिर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन।
समूह ‘बि’ मा आयोजक मलेसिया सहित भुटान, हङकङ र थाईल्याण्ड रहेको छ ।

समूह चरण पछि समुहका बिजेता र उपबिजेता प्रतियोगिताको सेमिफाईनल प्रबेश गर्नेछन । सेमिफ़ाईल जुलाई ८ तारिखमा हुनेछ भने प्रतियोगिताको फाईनल ९ तारिखमा हुनेछ ।

डिफ़ेण्डिङ्ग च्याम्पियन समेत रहेको नेपाल तुलनात्मक रुपमा अन्य टिम भन्दा राम्रो रहेको हुँदा प्रतियोगिताको उपाधि नेपालले नै उचाल्ने विश्वास गर्न सकिन्छ ।

वि.सं.२०७६ जेठ १३ सोमवार १०:३५ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...