back
CTIZAN AD

कामको ज्याला नपाएपछि स्थानीयवासी पुगे प्रशासनमा

वि.सं.२०७६ जेठ १३ सोमवार

912 

shares

१३ जेठ, बाजुरा । काम गरेको ज्याला नपाएपछि न्यायका लागि जिल्लाका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बस्ती संरक्षण कार्यक्रमअन्तर्गत पहिरो प्रभावित क्षेत्रमा जाली भर्ने काममा लगाएको पनि ज्याला नदिएर ठेकेदार फरार रहेको कामदारको गुनासो छ । जिल्लाको त्रिवेणी नगरपालिका छतारा बस्ने हर्कबहादुर शाह आधा काम गराएर सम्पर्क बाहिर रहेका छन् । काम गरेको दुई वर्ष बितिसक्दा पनि ज्याला नदिएको स्थानीय डबल विकले जानकारी दिए । स्थानीय ५० जना बढी कामदारले ज्याला नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्तडीमा उजुरी दिएका छन् ।

प्रतिजाली रु तीन हजारका दरले सहमतिका आधारमा २५३ जाली भर्न लगाएको कामदारले बताउने गरेका छन् । रु एक करोडको लागतमा बस्ती संरक्षणका लागि जाली भर्ने जिम्मा लिए पनि काम पूरा हुन सकेको छैन । ठेकेदार हर्कबहादुरले पुरानै कामको ज्याला नदिएर बीचमै छोडेर सम्पर्कविहीन बनेका छन् ।विसं २०७३ मा सम्झौता गरी २०७५ सालमा निर्माण सक्नुपर्ने सम्झौता गरिएको थियो । एक हजार २०० जाली भर्ने गरी सम्झौता गरिएको भए पनि हालसम्म २० प्रतिशत पनि काम नगरेको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए । तर ठेकेदारले अरुले हालेको जालीलाई समेत प्राविधिक स्टमेटमा देखाएर आधा बढी भुक्तानी लिइसकेको स्रोतको दाबी छ ।

ज्याला पाउनुपर्ने मागसहित स्थानीय ३१ जनाले जिल्ला प्रशासन कार्यालय बाजुरामा संयुक्तरुपमा उजुरी दिएका छन् । वडा कार्यालयले पनि वर्षात्मा जिल्लीको गाउँ नै जोखिममा रहेकाले, पहिरो रोकथामका लागि पनि जाली भर्न काम तत्काल गराउन प्रशासनको ध्यानाकर्षण गराएको छ ।कामदारको ज्याला भर्तीसँगै बस्ती संरक्षणका लागि पनि ठेकेदारलाई तत्काल काम लगाउनुपर्ने माग वडा कार्यालयको रहेको छ तर प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले भने आवश्यक प्रक्रिया बुझेर जानकारी गराउने बताएका छन् । । सङ्घीय सरकार र प्रदेश सरकारमध्ये कस्ले निर्माणको जिम्मा लिने भन्नेमा अन्योल हुँदा पनि ढिलाइ भएको बुझिएको छ ।

करोड बढी बजेटमा ठेकेदारले ठगी गरेको र जनतालाई खुलेआम ठगेको भन्दै माग सुनुवाइ नभए प्रशासन कार्यालयमा धर्ना बस्ने जिल्लावासीको भनाइ छ । ठेकेदारकै लापर्वाहीले विकास निर्माणमा ढिलाइ भइरहेकाले कमजोरी गर्नेलाई कारवाही गर्नु पर्ने वडाध्यक्ष धर्मराज पाध्यायको भनाइ रहेको छ । समयमै बस्ती संरक्षण नगरिँदा जिल्लीका ८५ परिवार पहिरोको उच्च जोखिममा छन् ।

वि.सं.२०७६ जेठ १३ सोमवार ११:०२ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...