back
CTIZAN AD

विवेकशिल नेपाली दलद्वारा सरकारको ध्यानाकर्षण

वि.सं.२०७६ जेठ १४ मंगलवार

873 

shares

१४ जेठ, काठमाडौँ । विवेकशील नेपाली(Bibeksheel Nepali) दलले वैदेशिक रोजगारी बिमा सम्बन्धी ठगिका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष उज्जवल थापासहित पुगेको एक टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । गत वैशाख १ देखि लागू हुने गरी सरकारले लागू गरेको बिमा सम्बन्धी नीति सरकारले गरेको सुधारको निर्णय स्वागत योग्य हुँदाहुँदै पनि करारमा आधारित भई वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुलाई भने थप आर्थिक भार परेको सरकारलाई बुझाइएको पत्रमा जनाइएको छ ।

पत्रमा सरकारले अवलम्बन गरेका कतिपय नीतिहरु कतिपय देशमा पुगेका नेपालीहरुका लागि झन्झटीलो पद्धति भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख छ ।

नविकरण गर्न जाने क्रममा पुरानो इन्स्योरेन्समै १ वष समय अवधि हुँदाहुँदै पनि फेरि ३ वर्षको नयाँ इन्स्योरेन्स गर्नु पर्ने प्रावधानले आर्थिक बोझ बढेको र उक्त बचत समय अवधिको बिमा शुल्कको हिसाबकिताब राख्ने नगरिएको भन्दै सरकारलाई सचेत गराइएको छ ।
त्यसैगरी कम्पनी परिवर्तन गरे वा अर्को देश गए फेरि नयाँ इन्स्योरेन्स गर्नु पर्ने बाध्यकारी मापदण्ड पनि त्यस्ता नेपालीहरुको हकमा उचित नदेखिएको बताइएको छ ।

मन्त्री विष्टले यी विषयमा आगामी दिनहरूमा आवश्यक कारवाही गरिने भनी टोलीलाई जानकारी दिएको बताइएको छ ।

वि.सं.२०७६ जेठ १४ मंगलवार ०९:५४ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...