back
CTIZAN AD

अमेरिकाको मेरिल्याण्ड राज्यद्धारा तीन दर्जन नेपाली सम्मानित

वि.सं.२०७६ जेठ १४ मंगलवार

678 

shares

संयुक्तराज्य अमेरिकाको बाल्टीमोर काउन्टीका मेरिल्याण्ड हाउस अफ डेलिगेट्स हयारी भण्डारीले अमेरिकामा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याएका नेपाली संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेका छन् ।

मेरिल्यान्डको राजधानी एनापोलिसस्थित मेरिल्याण्ड बिधानसभा कक्षमा आईतबार (मे २६ मा) एक बृहत कार्यक्रम सहित भण्डारीले उक्त सम्मान गरेका हुन् ।

सोहि अवसरमा अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित अङ्किय पत्रिका ईनेप्लिजका संस्थापक तथा प्रधान सम्पादक विश्वराज थापा डा एलिना शाक्य, डा उत्तम गौली, डा कृष्ण सिजापती, डा अनुप श्रीवास्तब, डा कृष्ण बिष्ट, रमेश भट्ट, लक्ष्मीकान्त जैसी गौडेल, टीईसी ग्रुप, डा माउन्ट एभरेष्ट रेष्टुरेन्ट, मुरली अधिकारी, बासुदेव खनाल, अर्जुन मैनालीलाई सम्मानित गरिएको हो ।

त्यस्तै कुल गुरुङ, रुद्र गुरुङ, हिमालय डेमोक्रेटिक क्लब, साईकियाट्रिक स्पेशियालिटी क्लिनिक ,दीपक खतिवडा, बिनोद मोक्तान, अनिल पाण्डे, तिर्थराज पाण्डे, महेश्वर पन्त, सारंगा श्रेष्ठ, रेणु शर्मा, संचारकर्मी सतिस चापागाई, भक्त थापा, अनु वन्त, रुद्र गुरुङ, प्रेम श्रेष्ठ, इन्द्र थापा, गोपाल बिश्वकर्मा, डिल्ली ढुंगाना, कुमार कार्की (एभरेष्ट तेक्वान्दो) पनि सम्मानित भएका छन्

मेरिल्याण्ड कि सिनेटर क्याथी क्लाउजमायर, बिधान सभा सदस्य ह्यारी भण्डारीका तर्फबाट सम्मान पत्र वितरण गरिएको थियो । सम्मानित हुने सबैले छोटो मन्तब्य राखेका थिए ।
उक्त सम्मान कार्यक्रममा सहभागी तथा अतिथिहरुलाई मेरिल्यान्डको हाउस अफ डेलिगेट र सिनेटको कार्यकक्ष अबलोकन गराईएको थियो ।

 

उक्त यो भवन र कक्षमा जर्ज वाशिंगटन र थोमस जेफर्सनले काम गरेका थिए । गत हप्ता मात्र बाल्टिमोरमा डेमोक्रेटिक पार्टीका लागि यूवा समितिका पूर्वसचिव तथा डेमोक्रेटिक पार्टीका केन्द्रिय सदस्य तथा बिधानसभा सदस्य ह्यारी भण्डारीको पहलमा आयोजना गरिएको कोष वृद्धि कार्यक्रममा मेरिल्याण्डका समाज सेवी डा श्याम कार्की तथा सामाजिक अभियन्ता अर्जुन हमाललाई एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएपीआई) ले केन्द्रिय पार्सदमा नियुक्त गरेको थियो ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १०:०६ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....