back
CTIZAN AD

अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्डबाट पत्रकार थापा सम्मानित

वि.सं.२०७६ जेठ २८ मंगलवार

786 

shares

२८ जेठ, न्यूयोर्क । अमेरिकामा रहेका नेपाली पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्ड प्रदान गरिएको छ । बिगत लामो समयदेखि अमेरिकामा रहेर नेपाली समुदायमा सक्रिय रहेर पत्रकारिता गरेका थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको जनाइएको छ । समुदायको हितका लागि काम गर्ने ब्यक्तिहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिने यो सर्भिस अवार्ड पत्रकार थापालाई शिकागोमा आईतबार भएको एक बिषेश कार्यक्रममा ईलोनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले प्रदान गरेका हुन् ।

 

अवार्डमा आफ्नो समुदायको हित हुंदै देशको हितका लागि काम गर्नेहरुलाई प्रदान गरिने यस अवार्डबाट तपाईलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सक्रियताको शुभकामना गर्दछौं लेखिएको छ । अवार्ड प्रदान कार्यक्रममा एनआरएन अमेरिकाका नब निर्बाचित उपाध्यक्ष बुद्धि सुवेदी, शिकागो क्षेत्रका लागि पर्यटनदुत बाला घिमीरे, नेजाका महासचिव किरण मरहठ्ठा लगायतका ब्यक्तिहरु उपस्थित थिए ।

अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले पत्रकार थापाको उज्जवल भविश्यको कामना गर्दै समुदायको हितका लागि थप सकृय हुन शुभकामना दिएका थिए । जेशी ह्वाईट अमेरिकाको डेमोक्रेटिक पार्टिका बरिष्ठ नेता हुन् ।

नेपालको गुल्मीमा जन्मेका थापा नेपालमा रहंदा टेलिभिजन तथा बिभिन्न पत्रिका र एफएममा पत्रकारिता सकृय रहेका थिए । बिगत ९ बर्षदेखी अमेरिकामा रहेका पत्रकार थापा अमेरिकामा आए पछि ह्वाईट हिमाल टिभी हुंदै हाल कार्यक्रम यु स्टाट अगेन मार्फत  समुदायको हित र बिकासका कुराहरुलाई उठांउदै आएका छन् ।

प्रेसिडेन्स सर्भिस अवार्ड जस्तो महत्वपुर्ण अवार्ड प्रदान गरिएकोमा खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताएका छन् । थापाले आफ्नो पत्रकारिता यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका छन् ।

वि.सं.२०७६ जेठ २८ मंगलवार ०९:४५ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...