back

अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्डबाट पत्रकार थापा सम्मानित

वि.सं.२०७६ जेठ २८ मंगलवार

468 

shares
GLOBAL IME AD
NTC AD

२८ जेठ, न्यूयोर्क । अमेरिकामा रहेका नेपाली पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्ड प्रदान गरिएको छ । बिगत लामो समयदेखि अमेरिकामा रहेर नेपाली समुदायमा सक्रिय रहेर पत्रकारिता गरेका थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको जनाइएको छ । समुदायको हितका लागि काम गर्ने ब्यक्तिहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिने यो सर्भिस अवार्ड पत्रकार थापालाई शिकागोमा आईतबार भएको एक बिषेश कार्यक्रममा ईलोनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले प्रदान गरेका हुन् ।

 

अवार्डमा आफ्नो समुदायको हित हुंदै देशको हितका लागि काम गर्नेहरुलाई प्रदान गरिने यस अवार्डबाट तपाईलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सक्रियताको शुभकामना गर्दछौं लेखिएको छ । अवार्ड प्रदान कार्यक्रममा एनआरएन अमेरिकाका नब निर्बाचित उपाध्यक्ष बुद्धि सुवेदी, शिकागो क्षेत्रका लागि पर्यटनदुत बाला घिमीरे, नेजाका महासचिव किरण मरहठ्ठा लगायतका ब्यक्तिहरु उपस्थित थिए ।

अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले पत्रकार थापाको उज्जवल भविश्यको कामना गर्दै समुदायको हितका लागि थप सकृय हुन शुभकामना दिएका थिए । जेशी ह्वाईट अमेरिकाको डेमोक्रेटिक पार्टिका बरिष्ठ नेता हुन् ।

नेपालको गुल्मीमा जन्मेका थापा नेपालमा रहंदा टेलिभिजन तथा बिभिन्न पत्रिका र एफएममा पत्रकारिता सकृय रहेका थिए । बिगत ९ बर्षदेखी अमेरिकामा रहेका पत्रकार थापा अमेरिकामा आए पछि ह्वाईट हिमाल टिभी हुंदै हाल कार्यक्रम यु स्टाट अगेन मार्फत  समुदायको हित र बिकासका कुराहरुलाई उठांउदै आएका छन् ।

प्रेसिडेन्स सर्भिस अवार्ड जस्तो महत्वपुर्ण अवार्ड प्रदान गरिएकोमा खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताएका छन् । थापाले आफ्नो पत्रकारिता यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका छन् ।

वि.सं.२०७६ जेठ २८ मंगलवार ०९:४५ मा प्रकाशित

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज्...

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा )...

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको पुरानो संस्था "बाल्टिमोर एसोसिएसन अफ...

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिका । अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार...