back

कविता : एई जिन्दगी

वि.सं.२०७६ असार ७ शनिवार

696 

shares

 

एई जिन्दगी !
पीडा बनि,
किन दुख्छस्
म भित्र
घरि घरि ?
तर्साउँछस् किन्
पाईला पाईलामा
आकार तेरो
फेरि फेरि ?

कहिले अभाव बनि आउँछस्
कहिले चाहना बनि लोभ्याउँछस्,
घात बनि मुटू भित्र
किन असंख्य
प्रहार गर्छस् ?

कहिले व्यथा सरि दुख्छस्
कहिले वेदना बनि पोल्छस्,
केही खुसी अंगाल्न् खोज्छु
आँसुको भेल बनि आउँछस् ।

एई जिन्दगी !
अभाव बनि
पिरोल्छस् किन्
घरि घरि ?
रूवाउँछस् किन
पलपलमा
आकृति तेरो
फेरि फेरि ?

कहिले व्यथा सरि दुख्छस्
कहिले वेदना बनि पोल्छस्,
केही खुसी अंगाल्न् खोज्छु
आँसुको भेल बनि आउँछस् ।

एई जिन्दगी !
आँसु बनि
किन् रूझाउँछस्
यो आँखा
घरिघरि ?
दुखाउँछस् किन यो
मनलाई तँ
आत्मा नै
बिथोल्ने गरि ?

वि.सं.२०७६ असार ७ शनिवार ११:२४ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. समृद्धि ल्याउँछु भनी गफैमा...

कविता : खोल्ने भएछन् दल

कविता : खोल्ने भएछन् दल

घनश्याम पौडेल, पोखरा, कास्की राम्रा मानिस सर्दछन् पर अझै पर्ला...

कविता : मणिकल्प

कविता : मणिकल्प

चन्द्रमणि अधिकारी (अभिनव व्यास) तनहुँ, नेपाल छु ल्याएको हाँस्दै अभिनव...

कविता : धरतीको आत्मावाणी

कविता : धरतीको आत्मावाणी

यम रेग्मी, दाङ मेरो यो तनमाझ भ्रष्ट जनले पारे अनेकौं...

कविता : आखिर जल्नै पर्छ

कविता : आखिर जल्नै पर्छ

विदुर अधिकारी,चितवन तेरो मेरो भन्दै जीवन, तिक्त बनायौँ भवमा स्वार्थी...

कविता : माटाको आग्रह

कविता : माटाको आग्रह

हृषीकेश बराल,पोखरा –२६ कास्की मेरो जीउ जिमी मरुस्थल भयो चीत्कार...