back
CTIZAN AD

कविता : एई जिन्दगी

वि.सं.२०७६ असार ७ शनिवार

966 

shares

 

एई जिन्दगी !
पीडा बनि,
किन दुख्छस्
म भित्र
घरि घरि ?
तर्साउँछस् किन्
पाईला पाईलामा
आकार तेरो
फेरि फेरि ?

कहिले अभाव बनि आउँछस्
कहिले चाहना बनि लोभ्याउँछस्,
घात बनि मुटू भित्र
किन असंख्य
प्रहार गर्छस् ?

कहिले व्यथा सरि दुख्छस्
कहिले वेदना बनि पोल्छस्,
केही खुसी अंगाल्न् खोज्छु
आँसुको भेल बनि आउँछस् ।

एई जिन्दगी !
अभाव बनि
पिरोल्छस् किन्
घरि घरि ?
रूवाउँछस् किन
पलपलमा
आकृति तेरो
फेरि फेरि ?

कहिले व्यथा सरि दुख्छस्
कहिले वेदना बनि पोल्छस्,
केही खुसी अंगाल्न् खोज्छु
आँसुको भेल बनि आउँछस् ।

एई जिन्दगी !
आँसु बनि
किन् रूझाउँछस्
यो आँखा
घरिघरि ?
दुखाउँछस् किन यो
मनलाई तँ
आत्मा नै
बिथोल्ने गरि ?

वि.सं.२०७६ असार ७ शनिवार ११:२४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...