back
CTIZAN AD

गजल

वि.सं.२०७६ असार ७ शनिवार

1.1K 

shares

केही गर्नसके हुने थियो मर्नु भन्दा पहिले,
फूल जसरी बासना छरौं झर्नु भन्दा पहिले ।

प्रायश्चितकोे आगोमा भतभती आफै नजल्नु ,
के ठिक गलत सोच्नुपर्छ गर्नु भन्दा पहिले ।

ढुंगानै बनोस् जिन्दगी पुलको मुनि रहोस,
पारि तारौ अरुलाई आफू तर्नु भन्दा पहिले ।

खेल होइन है माया, साट्नु सोंच्नु अनेक पल्ट,
पिरतिको डेरा अर्कैतिर सर्नु भन्दा पहिले ।

नजलाउ घृणाको आगो गाँउ बन्नेछ खरानी,
सोचौं न अनेकताको बिउ छर्नु भन्दा पहिले ।
१९÷०६÷२०१९

वि.सं.२०७६ असार ७ शनिवार ११:२८ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...