back
CTIZAN AD

उकालो लाग्यो शेयर बजार, कसले कमाए अनि कसले गुमाए त ?

वि.सं.२०७६ असार ९ सोमवार

753 

shares

९ असार, काठमाण्डौं । आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर रु ४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर भने वृद्धि भएको छ । विकास बैंक २.५५, निर्जीवन बीमा २.२२, जीवन बीमा ०.४, सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४.३४, होटल २६.५४, जलविद्युत् ८.५६, वित्त १.१, उत्पादन ७.७४, अन्य ८.६९ र लघुवित्त १७.३८ बिन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो ।

सो कम्पनीको रु पाँच करोड १८ लाख ३३ हजार ८१९ कारोवार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड ६० लाख ८० हजार ४६०, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर रु दुई करोड ५६ लाख ५३ हजार २५, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड ११ लाख ९३ हजार ९७५, नेपाल बैंक लिमिटेड रु दुई करोड १६ लाख ९९५ र प्रभु बैंकको रु एक करोड ६९ लाख १९ हजार २८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवार भएका कम्पनीमध्ये आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.७८, सिभिल लघुवित्त वित्तीय संस्था ६.९४, अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ५.५६ प्रतिशतले गुमाए ।

त्यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनी ९.६०, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.५२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.९२, पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले ३.६३ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ असार ९ सोमवार १७:३० मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...