back

उकालो लाग्यो शेयर बजार, कसले कमाए अनि कसले गुमाए त ?

वि.सं.२०७६ असार ९ सोमवार

516 

shares

९ असार, काठमाण्डौं । आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर रु ४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर भने वृद्धि भएको छ । विकास बैंक २.५५, निर्जीवन बीमा २.२२, जीवन बीमा ०.४, सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४.३४, होटल २६.५४, जलविद्युत् ८.५६, वित्त १.१, उत्पादन ७.७४, अन्य ८.६९ र लघुवित्त १७.३८ बिन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो ।

सो कम्पनीको रु पाँच करोड १८ लाख ३३ हजार ८१९ कारोवार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड ६० लाख ८० हजार ४६०, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर रु दुई करोड ५६ लाख ५३ हजार २५, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड ११ लाख ९३ हजार ९७५, नेपाल बैंक लिमिटेड रु दुई करोड १६ लाख ९९५ र प्रभु बैंकको रु एक करोड ६९ लाख १९ हजार २८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवार भएका कम्पनीमध्ये आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.७८, सिभिल लघुवित्त वित्तीय संस्था ६.९४, अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ५.५६ प्रतिशतले गुमाए ।

त्यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनी ९.६०, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.५२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.९२, पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले ३.६३ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ असार ९ सोमवार १७:३० मा प्रकाशित

Himalayan Life AD
राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका...

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई...

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...