back
CTIZAN AD

नयाँ शक्ति र नेपाली संघीय समाज कुवेतको एकता

वि.सं.२०७६ असार १८ बुधवार

819 

shares

 

१८ असार, काठमाण्डौं । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको एकता भएसँगै विदेशमा रहेका दुई पार्टीका भाृत संगठनको पनि एकता हुने प्रक्रिया बढिरहेको छ । यसै सन्दर्भमा कुवेतमा पनि पार्टीका दुई भातृसंस्थाको एकता सम्पन्न भएको छ ।

असारको दोश्रो साता कुवेतको फर्वानियामा रहेको अडिटोरियम हलमा अन्तराष्ट्रिय नेपाली समाज र नेफेसो कुवेतबीच एकता भएको घोषणा गर्दै ‘नेपाली समाज कुवेत नामाकरण गरिएको हो ।

अन्तराष्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङतान र नेफेसो कुवेतका अध्यक्ष प्रकाश चाम्लिङको सभापतित्वमा सम्पन्न भएको उक्त घोषणा कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाज कुवेतका संरक्षण नारायण पोखरेलको प्रमुख आतिथ्यता र कुवेतमा रहेको विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

नेपाली समाज कुवेतका उपाध्यक्ष तथा कार्यक्रम संयोजक जयनारायण माझी र खाकुरा किरातले संयुक्त रुपमा कार्यक्रम सञ्चालक गरेका थिए भने अन्तराष्ट्रिय नेपाली समाज कुवेतका सचिब कोमल अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।

समाजसेवी सुजन केसी, पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नवराज पन्थी, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश रावत, किरात राई यायोक्खाका अध्यक्ष मन्जीत चाम्लिङ राई, सुदूरपश्चिम सेवासमाज कुवेतका अध्यक्ष अमर खड़्का, सिर्जनशील युवा समाज कुवेतका अध्यक्ष पुष्कर धामी, युवराज गैरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
एकता घोषणा पछि निर्मल स्याङतानलाई नेपाली समाज कुवेतको अध्यक्षमा चयन गरिएको बताईएको छ ।

वि.सं.२०७६ असार १८ बुधवार १२:५२ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...