back
CTIZAN AD

भृकुटीमण्डपको जग्गा खाली गर्ने निर्णय अलमलमा

वि.सं.२०७६ असार २७ शुक्रवार

633 

shares

२७ असार, काठमाडौँ । करिब २ अर्ब रुपैयाँको चलखेल हुनेगरी अनियमित तवरबाट भाडामा लगाइएको पुस्टि भएको भृकुटीमण्डपस्थित फनपार्कलगायतको जग्गा खाली गर्ने समाज कल्याण परिषद्को निर्णय अलमलमा परेको छ । अनियमित रुपमा जग्गा भाडामा लगाइएको पुष्टि भएसँगै परिषद्ले एकतर्फी सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । परिषद्को निणर्यविरुद्ध जग्गा भाडामा लिएकाहरु अदालत गएसँगै जग्गा खाली गर्ने निणर्य अलमलमा परेको हो ।

परिषद्ले व्यवस्थापन गर्दै आएको जग्गा भाडामा लगाउने क्रममा परिषद्कै उच्च अधिकारीको संलग्नतामा सार्वजनिक खरिद ऐनविपरीत करिब २ अर्बको चलखेल हुने गरी जग्गा भाडामा लगाएको पुष्टि भएको थियो । यससँगै परिषद्ले ती सम्झौता खारेज गरी ६० दिनभित्र जग्गा खाली गर्ने निर्णय गरेको हो । परिषद्ले हाल फनपार्क सञ्चालन भइरहेको जग्गा, ल्यामपुचः( सामाजिक संस्थाका रुपमा रहेको युवा संगठन) र हरित कृषि सहकारीले भाडामा लिएको जग्गाको सम्झौता खारेज गर्दै खाली गर्ने भनेको थियो ।

परिषद्का सूचना अधिकारी दुर्गाप्रसाल भट्टराईका अनुसार तत्कालीन समयमा भएका विभिन्न तीन प्रकारका जग्गाको तीनवटै सम्झौता अवैधानीक देखिएकाले सम्झौता खारेज गरी नयाँ सम्झौता तयारी थालिएकोमा हाल मुद्दा अदालतमा विचारधीन रहेकाले के हुने भन्नेमा अन्योल देखिएको छ । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ असार २७ शुक्रवार ०७:५४ मा प्रकाशित

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...