Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

भृकुटीमण्डपको जग्गा खाली गर्ने निर्णय अलमलमा



२७ असार, काठमाडौँ । करिब २ अर्ब रुपैयाँको चलखेल हुनेगरी अनियमित तवरबाट भाडामा लगाइएको पुस्टि भएको भृकुटीमण्डपस्थित फनपार्कलगायतको जग्गा खाली गर्ने समाज कल्याण परिषद्को निर्णय अलमलमा परेको छ । अनियमित रुपमा जग्गा भाडामा लगाइएको पुष्टि भएसँगै परिषद्ले एकतर्फी सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । परिषद्को निणर्यविरुद्ध जग्गा भाडामा लिएकाहरु अदालत गएसँगै जग्गा खाली गर्ने निणर्य अलमलमा परेको हो ।

परिषद्ले व्यवस्थापन गर्दै आएको जग्गा भाडामा लगाउने क्रममा परिषद्कै उच्च अधिकारीको संलग्नतामा सार्वजनिक खरिद ऐनविपरीत करिब २ अर्बको चलखेल हुने गरी जग्गा भाडामा लगाएको पुष्टि भएको थियो । यससँगै परिषद्ले ती सम्झौता खारेज गरी ६० दिनभित्र जग्गा खाली गर्ने निर्णय गरेको हो । परिषद्ले हाल फनपार्क सञ्चालन भइरहेको जग्गा, ल्यामपुचः( सामाजिक संस्थाका रुपमा रहेको युवा संगठन) र हरित कृषि सहकारीले भाडामा लिएको जग्गाको सम्झौता खारेज गर्दै खाली गर्ने भनेको थियो ।

परिषद्का सूचना अधिकारी दुर्गाप्रसाल भट्टराईका अनुसार तत्कालीन समयमा भएका विभिन्न तीन प्रकारका जग्गाको तीनवटै सम्झौता अवैधानीक देखिएकाले सम्झौता खारेज गरी नयाँ सम्झौता तयारी थालिएकोमा हाल मुद्दा अदालतमा विचारधीन रहेकाले के हुने भन्नेमा अन्योल देखिएको छ । शुक्रबारको राजधानी दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले