back
CTIZAN AD

बस दुर्घटनामा तीन शिशुसहित १३ इरानीको मृत्यु

वि.सं.२०७६ साउन १ बुधवार

1K 

shares

३१ असार, तेहरान । इरानको मध्य क्षेत्रमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन बालबालिकासहित १३ इरानीको मृत्यु भएको इरानी प्रहरीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था (आईआरएनए) ले जनाएको छ ।
सन् १९७० ताका बनेको मर्से्डिज बेन्ज कम्पनीको मिनीबस आइसाफान प्रान्तको ओरालो सडकमा गुडिरहेका समय चिप्लिएर खोल्सामा खसेको र घटनामा गाडीमा रहेका तीन शिशुसहित १३ जनाको मृत्यु भएको खान्सार शहरका प्रशासक मन्सूर कामालीले बताईन ।
इरानी सडकहरूको सामान्य राम्रो अवस्थाका वाबजूद पनि सडक दुर्घटनामा धेरै नागरिक गुमाउने मुलुकहरूको सूचीमा इरान रहेको छ । इरानमा हुने सडक दुर्घटनामा पूराना गाडीको प्रयोग तथा दुरावस्थामा रहेका गाडी र चालकको लापर्बाही नै मुख्यरूपमा जिम्मेवार रहने गरेको बताइने गर्छ ।

वि.सं.२०७६ साउन १ बुधवार १०:३० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...