back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ साउन १८ शनिवार

2.1K 

shares


                           ( १ )

आमाको गुन देख्छन् सबै, बाबु ओझेल परेको छ,
बाबुले पनि सन्तान भनी, कति दुःख गरेको छ ।
अरुको लाख आमाको, काख भन्छन सबै तर,
बाबुले पनि सन्तान बोक्दा, काँधको छाला मरेको छ ।

                           ( २)

गाह्रो मान्छन् सँगै राख्न, एउटी आमा अँटाएर ,
हेला गरी आमा खेद्छन, घरको सँघार कटाएर ।
देबि देउता राखि घरमा, पूजा गर्छन् मान्छेहरु,
जन्म दिने आफ्नी आमा, बृद्धा आश्रम पठाएर ।

                           (३) 

तिमी अनि जून हाँसेको, रात उस्तै उस्तै लाग्छ,
मेरो प्राण अनि तिम्रो, साथ उस्तै उस्तै लाग्छ ।
हिलो भित्र पनि सँधै, हाँसी हाँसी फूल्न सक्ने,
तिमी अनि त्यो कमलको, जात उस्तै उस्तै लाग्छ ।

                          (४ )

घरमा बुहारी आएपछि, भान्छा भिन्न भिन्न भयो,
जग्गा जमिन धन सम्पत्ती, सबै छिन्न विन्न भयो ।
छोरा पाउँदा मख्ख पर्थे, सुख होला भन्ने ठान्थे,
अचेल छोरै बोल्न छोड्यो,मनै खिन्न खिन्न भयो ।

                          ( ५ )

सारै मुटु दुख्यो आज, शायद चिरा परेको छ,
जति रोक्न खोज्छु आँसु, उति उति झरेको छ ।
सन्तानले फालेको बाबु, सडकमा अलपत्र देखेपछि,
अब कहिल्यै बाबु बन्दिन्, मेरो रहर मरेको छ ।

सामाखुशी, काठमाण्डौ

वि.सं.२०७६ साउन १८ शनिवार ०८:२७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...