back
CTIZAN AD

मेरा पाँच मुक्तक

वि.सं.२०७६ भदौ ७ शनिवार

2K 

shares


    (१) 

शिरमा मेरो ढाका टोपी , यो छातीभित्र देश
प्यारो लाग्छ नेपाली भनी, मलाई चिनाईदिने भेष
धन दौलत सुख सयल, खोज्दै बिदेश जानु भन्दा
ढिंडो खाई देशमै बस्नु, बरु त्यो पो हुन्छ बेश…

                    (२) 

छोरी भनेर मलाई , रुवाउछौ भने
हेला गरेर जहर, खुवाउछौ भने
अब कहिल्यै आमा, बन्दिन म
गर्भ जाचेर छोरी, तुहाउछौ भने …

                    (३) 

सिउँदोको सिन्दुर पुछिएपछी, हातका चुरा फुटेपछी
जिन्दगीबाट सदाका लागि,पतिको साथ छुटेपछि
मलाई बोक्सी सम्म भन्न, पछि परेन यो समाज,
मेरो सुन्दरता मेरो जवानी, समयले सबै लुटेपछी …

                     (४) 

फर्कि आईज भन्दै मलाई, आफ्नै देशको माटोले बोलायो
छोरो सम्झि आमाले पकाएको, ढिंडो आँटोले बोलायो
बाँझो उजाड खेत बारीभरी, झार पात उम्रियो अरे
खनजोत गर्न आईज भन्दै, त्यहि बारीको पाटोले बोलायो …

                     (५) 

मेरी सासू यस्ती उस्ती भन्दै, रात दिन खैरो खन्नेहरु
आमा जस्ती सासूलाई, हेला गरी दुस्ट बन्नेहरु
छन् हाम्रो समाजमा, प्रशस्तै छन यस्ता नारी
त्यहि सासूले पाएको छोरोलाई, मेरो मुटु भन्नेहरु …

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:३० मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...