back

मेरा पाँच मुक्तक

वि.सं.२०७६ भदौ ७ शनिवार

162 

shares


    (१) 

शिरमा मेरो ढाका टोपी , यो छातीभित्र देश
प्यारो लाग्छ नेपाली भनी, मलाई चिनाईदिने भेष
धन दौलत सुख सयल, खोज्दै बिदेश जानु भन्दा
ढिंडो खाई देशमै बस्नु, बरु त्यो पो हुन्छ बेश…

                    (२) 

छोरी भनेर मलाई , रुवाउछौ भने
हेला गरेर जहर, खुवाउछौ भने
अब कहिल्यै आमा, बन्दिन म
गर्भ जाचेर छोरी, तुहाउछौ भने …

                    (३) 

सिउँदोको सिन्दुर पुछिएपछी, हातका चुरा फुटेपछी
जिन्दगीबाट सदाका लागि,पतिको साथ छुटेपछि
मलाई बोक्सी सम्म भन्न, पछि परेन यो समाज,
मेरो सुन्दरता मेरो जवानी, समयले सबै लुटेपछी …

                     (४) 

फर्कि आईज भन्दै मलाई, आफ्नै देशको माटोले बोलायो
छोरो सम्झि आमाले पकाएको, ढिंडो आँटोले बोलायो
बाँझो उजाड खेत बारीभरी, झार पात उम्रियो अरे
खनजोत गर्न आईज भन्दै, त्यहि बारीको पाटोले बोलायो …

                     (५) 

मेरी सासू यस्ती उस्ती भन्दै, रात दिन खैरो खन्नेहरु
आमा जस्ती सासूलाई, हेला गरी दुस्ट बन्नेहरु
छन् हाम्रो समाजमा, प्रशस्तै छन यस्ता नारी
त्यहि सासूले पाएको छोरोलाई, मेरो मुटु भन्नेहरु …

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:३० मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...