back

खास दुःखहरू

वि.सं.२०७६ भदौ १३ शुक्रवार

45 

shares

हुन त आमाकाभन्दा बढी थिएनन्
तै पनि बाका पनि थिए खास दुःखहरू
धेरै वेग्लै दुःखहरू थिए आमाका
खास वेग्लै दुःखहरू थिए बाका !

प्रकृतिले लगाएका वाहेक
समाजले अह्राएका
बाका वेग्लै वेथा थिए
आमाका वेग्लै वेथा थिए

आमाले गर्ने दुःखमा
बाले मिसिन हुदैनथ्यो
आमा दुःख गरिरहन्थिन
बा हेरिरहन्थे नजिकै बसेर
बाले गर्ने दुखमा
आमाले मिसिनु हुदैनथ्यो
आमा हेरिरहन्थिन उसै गरी
सँगसँगै थिए बा र आमा
कैयन दुःख यस्ता थिए
बा एक्लै थिए
आमा एक्लै थिईन

आमा दुःखले रुँदा
बालाई रुन प्रतिवन्ध थियो
बाले दुःखले खुइय गर्दा
आमाले मिसिन छेकवार थियो
यसरी दुःखका दिनहरूमा
सँगै वाँचेर पनि
बा एक्लै थिए
आमा एक्लै थिइन ।

केही भारीहरू एति गह्रुङ्गा थिए
बा ढाड कुप्रिने गरी बोक्नुहुन्थ्यो
आमाले सघाउँन मिल्दैनथ्यो
एककाँधे लगाएको गोरुजस्तै थियो
मेरा बाको दुःखी जीवन
केही यस्ता कामहरू थिए
हेर्दा झिना मसिना
तिनै झिना मसिना काम गरेर
आमाको इज्जत पनि झिनो हुन्थ्यो
तर पनि गर्नै पर्थ्यो आमाले
ती हिसावमा नआउने कामहरू

हुन त आमाकाभन्दा बढी थिएन
तर बाका पनि थिए खास दुःखहरू
धेरै वेग्लै दुःखहरू थिए आमाका
खास वेग्लै दुखहरू थिए बाका ।

जव म पनि बा बने कसैको
फेरि पनि दुखको चलन उस्तै छ
हुन त उनकाभन्दा बढी दःुखहरू हैनन मेरा
तर केही खास दःुखहरू मेरा पनि छन
जसरी खास दुःखहरू बाका थिए हिजो

म सोचमग्न छु
यी दुःखहरू मिसाउँने कसरी होला ?
किन कि
जवसम्म दुखहरू साझा हुदैनन
सुख साझा हुने कुरा गफ मात्र हो
बेग्ला बेग्लै दुखको भारी बोकेर
हामी कस्तो “सह–जीवन“ वाँचिरहेका हौला ?

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०९:१० मा प्रकाशित

कोपिला\डाली

कोपिला\डाली

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौं १. धोको छ भोज गरौँ...

कविता : त्यत्तिकै-त्यत्तिकै

कविता : त्यत्तिकै-त्यत्तिकै

ओम आचार्य, अर्घाखाँची सुन्दा, प्यारो लाग्छ नाम राम जत्तिकै ।...

हाइकु

हाइकु

वसन्त अनुभव, घोराही, दाङ १. कालो बादल मडारिँदै छ वायु...

कविता : भेँडाको वस्ती !

कविता : भेँडाको वस्ती !

टिएन भट्ट विश्वामित्र, भक्तपुर साला ! ऊ पनि देश बनाउने...

कविता : अन्तर बोध

कविता : अन्तर बोध

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा फूल हो जीवन सुवास छर्नुपर्छ...

लघुकथा : ढुंगामा परेको बिउ

लघुकथा : ढुंगामा परेको बिउ

लक्ष्मी प्रसाद प्रसाईं, सिक्किम अस्पताल एक कुनामा उ थकित एकछिन...