back
CTIZAN AD

खास दुःखहरू

वि.सं.२०७६ भदौ १३ शुक्रवार

828 

shares

हुन त आमाकाभन्दा बढी थिएनन्
तै पनि बाका पनि थिए खास दुःखहरू
धेरै वेग्लै दुःखहरू थिए आमाका
खास वेग्लै दुःखहरू थिए बाका !

प्रकृतिले लगाएका वाहेक
समाजले अह्राएका
बाका वेग्लै वेथा थिए
आमाका वेग्लै वेथा थिए

आमाले गर्ने दुःखमा
बाले मिसिन हुदैनथ्यो
आमा दुःख गरिरहन्थिन
बा हेरिरहन्थे नजिकै बसेर
बाले गर्ने दुखमा
आमाले मिसिनु हुदैनथ्यो
आमा हेरिरहन्थिन उसै गरी
सँगसँगै थिए बा र आमा
कैयन दुःख यस्ता थिए
बा एक्लै थिए
आमा एक्लै थिईन

आमा दुःखले रुँदा
बालाई रुन प्रतिवन्ध थियो
बाले दुःखले खुइय गर्दा
आमाले मिसिन छेकवार थियो
यसरी दुःखका दिनहरूमा
सँगै वाँचेर पनि
बा एक्लै थिए
आमा एक्लै थिइन ।

केही भारीहरू एति गह्रुङ्गा थिए
बा ढाड कुप्रिने गरी बोक्नुहुन्थ्यो
आमाले सघाउँन मिल्दैनथ्यो
एककाँधे लगाएको गोरुजस्तै थियो
मेरा बाको दुःखी जीवन
केही यस्ता कामहरू थिए
हेर्दा झिना मसिना
तिनै झिना मसिना काम गरेर
आमाको इज्जत पनि झिनो हुन्थ्यो
तर पनि गर्नै पर्थ्यो आमाले
ती हिसावमा नआउने कामहरू

हुन त आमाकाभन्दा बढी थिएन
तर बाका पनि थिए खास दुःखहरू
धेरै वेग्लै दुःखहरू थिए आमाका
खास वेग्लै दुखहरू थिए बाका ।

जव म पनि बा बने कसैको
फेरि पनि दुखको चलन उस्तै छ
हुन त उनकाभन्दा बढी दःुखहरू हैनन मेरा
तर केही खास दःुखहरू मेरा पनि छन
जसरी खास दुःखहरू बाका थिए हिजो

म सोचमग्न छु
यी दुःखहरू मिसाउँने कसरी होला ?
किन कि
जवसम्म दुखहरू साझा हुदैनन
सुख साझा हुने कुरा गफ मात्र हो
बेग्ला बेग्लै दुखको भारी बोकेर
हामी कस्तो “सह–जीवन“ वाँचिरहेका हौला ?

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०९:१० मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...