back
CTIZAN AD

दुवईबाट फर्किएका संजोगलाई आत्महत्या दुरुत्साहनको अभियोगमा जेल सजाय

वि.सं.२०७६ असोज ३ शुक्रवार

744 

shares

३ असोज, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा संचारकर्मी रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोगमा चितवन जिल्ला अलदालतमा मुद्दा चलिरहेको छ ।

तर, चितवन जिल्ला अदालतले नै एक व्यक्तिलाई आत्महत्या दुरुत्साहनको अभियोगमा ६ महिना जेल सजायको फैसला सुनाएको छ । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन सम्बन्धी एक मुद्दाका आरोपीलाई ६ महिना जेल सजाय सुनाएको हो । जिल्ला न्यायाधिश अवनी मैनाली भट्टराईको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो ।

उक्त आत्महत्या दुरुत्साहनको आरोपमा ६ महिना जेल सजाय भोगेका हुन् संजोग गिरीले ।

१३ फागुन ०७५ मा खैरहनी नगरपालिका २ चैनपुरकी विबिता बस्नेतले आत्महत्या रगेकी थिइन् । आत्महत्यापछि मृतक बस्नेतकी आमा दुर्गादेवी थापाले ज्वाइँ संयोग गिरी र सासूससुरासहित परिवारका सदस्यले छोरीलाई मर्न बाध्य बाएको भन्दै जाहेरी दिएकी थिइन् ।
यस घटनामा आत्महत्या दुरुत्साहनका लागि प्रेरित गरेको मुख्य आरोपी संजोग विरुद्ध ६ महिनाको कैद, २ लाख क्षतिपूर्ति भराउने र ५ हजार जरिवाना गराउने फैसला चितवन जिल्ला अदालतले गरेको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

के भएको थियो यस्तो ?

संयोग गिरी र विविता बस्नेतले असार ०७५ मा भागी विवाह गरेका थिए । छोराले बिहे गरेर ल्याएपछि आफूहरुले बुहारीलाई स्वीकार गरी घर भित्राएको बुबा गोपाल गिरीले बताए । बिहेपछि भदौमा संजोग रोजगारीका लागि दुवई गएका थिए । विदेशमा रहेका उनीहरुको फोन तथा भिडियो संवाद हुने गरेको वुवा गिरीले बताए ।

केहीसमय पछि उनीहरु वीचमा झगडा भयो । श्रीमानसँगको झगडाकै कारण केही समयपछि विविताले गएको १३ फागुनमा घरमै झुण्डिएर आत्महत्या गरिन् ।

श्रीमतीको मृत्युपछि संजोग घर आए । अदालतको अनुसन्धाका क्रममा पतिपत्निबीच भएको भिडियो र सन्देश आदान प्रदानलाई प्रमाणका रुपमा लिइएको थियो । दुवैजनाबीच सम्बन्ध नै टुंग्याउनेसम्मको झगडा भएको र म्यासेजमा संजोगले पत्निलाई आफू र परिवारले नस्वीकार्ने समेत बताएको प्रहरीले जनाएको छ ।

मृतकको कुनै सुसाइड नोट छैन । अदालतले उनीहरुबीच मोबाइलमार्फत् भएको कुरालालाई मुख्य प्रमाणका रुपमा लिएको छ ।

वि.सं.२०७६ असोज ३ शुक्रवार ०९:२७ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...