back
CTIZAN AD

म नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा छु : प्रधानमन्त्री

वि.सं.२०७३ मंसिर १३ सोमवार

786 

shares

prachanda१३ मङ्सिर, बनेपा  । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताउनुभएको छ ।

आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा उहाँले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक छ भन्नुभयो ।

नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको औँल्याउँदै प्रधानमन्त्री दाहालले समाजको निम्ति उपयोगी काम गर्न महत्वकाङ्क्षी योजना लिएर अघि बढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – “तपाईंहरुले हासिल गरेको सीप र क्षमता दुर्गम क्षेत्रमा पीडामा रहेका जनताप्रति समर्पित गर्नुहोस् ।”

प्रधानमन्त्री दाहालले दीक्षितबाट सरकारले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै विद्यार्थीको जीवनको नयाँ अध्याय सुरु भएको बताउनुभयो ।

भारतको सेन्टर फर पोलिसी रिसर्चका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी प्रा डा प्रताप भानु मेहताले मौलिक अधिकार उपयोगको चुनौती देखिन लागेको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले निश्चित योजना बनाएर आफ्ना विशेषताको उपयोग गर्न विद्यार्थीलाई सुझाव दिँदै हरेक चुनौतीको सामना गर्न आत्मबल बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ साइन्सका २४९ जना, स्कुल अफ इन्जिनियरिङका २८२, स्कुल अफ म्यानेजमेन्टका ४६४, स्कुल अफ एजुकेसनका १०३ र स्कुल अफ आर्टस्का १८७ गरी जम्मा कुल एक हजार २८५ जना स्नातक दीक्षित भएका छन् ।

उनीहरूमध्ये अमेरिकाका तीन, भुटानका एक, चीनका दुई, भारतका ११, बङ्गलादेशका तीन, पाकिस्तानका तीन र जर्मनीका दुई गरी सात देशका २५ जना रहेका छन् ।

समारोहमा काठमाडौँ विश्वविद्यालयले चान्सलर स्वर्णपदक स्कुल अफ इन्जिनियरिङका लेखनाथ दाहाल (सिजिपिए ३.९८, मास्टर इन ल्यान्ड एडमिनिस्ट्रेसन) लाई, भाइस चान्सलर स्वर्णपदक स्कुल अफ आर्टस्का गोपाल त्रिताल (सिजिपिए ३.९९३, ब्याचलर अफ डेभलपमेन्ट स्टडिज) लाई, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका नीरज घिमिरे (सिजिपिए ३.८५, एमबिए) लाई र रणबहादुर शाह स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टकै रजनी महर्जन (सिजिपिए ३.८०, एमबिए) लाई प्रदान गरिएको थियो ।

हालसम्म यस विश्वविद्यालयबाट स्कुल अफ साइन्सबाट दुई हजार ३४६ जना, स्कुल अफ इन्जिनियरिङबाट दुई हजार ६६४ जना, स्कुल अफ म्यानेजमेन्टबाट चार हजार ५१५, स्कुल अफ एजुकेसनबाट ९०४, स्कुल अफ आर्टस्बाट एक हजार ८६४ र स्कुल अफ मेडिकल साइन्सेजबाट ११ हजार ४७ गरी कुल २३ हजार ३४० जना दीक्षित भएका छन् । रासस

 

वि.सं.२०७३ मंसिर १३ सोमवार ०९:५० मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...