back
CTIZAN AD

कविता : दशैं दर्शन

वि.सं.२०७६ असोज १८ शनिवार

861 

shares

कुनै अदृश्य छायाले छोपिएझैँ
बोझिला बन्दै छन् सपनाहरू
निराकार उभिएको छ आकार
त्यो आकार जो प्रत्येक वर्ष
झरीको बिदाई
र, शारदीय आकाशको स्वागतमा
उभिने गर्छ-मेरो आँगनमा !

मलाई
त्यो आकार र आकाश उस्तै उस्तै लाग्छ
दुवै फैलन र खुम्चन सक्छन्
मलाई
मेरो आकार र आकाश पनि उस्तै उस्तै लाग्छ
दुवै शून्य छन् अदृश्य छन्
आज
यही शून्यताभित्रको सानो अदृश्य दुलोबाट
एकसाथ सयौँ अनुहारहरू चिहाइरहेझैँ लाग्छ ।

मलाई वासलात तयार पार्नु छ रहरको
र, फर्स्यौट गर्नु छ बेरुजु जीवनको ।

देऊ, कोही मलाई
एक चिम्टी दृष्टि पैँचो देऊ
एउटा स्केल र क्याल्कुलेटर पैँचो देऊ
गर्नु छ-गणना
राख्नु छ-हिसाब
र, जोड घटाउ गरेर आवश्यकताहरू
जानु छ बजार
किन्नु छ खाजासामल र बँचेका रहरहरू !

घरमा मलाई कुरिरहेको होला छोरो
रहरसितै खेलिरहेकी होली छोरी
उमेरसित पौँठेजोरी खेल्दै होलान् बाउआमा
आँगनबाट बाटातिर आँखा तान्दै होलिन् श्रीमती
लगिदिनु छ उनलाई पनि
अलिकति मुस्कानको गुलाबी सिन्दुर
र, किन्नु छ आफैँलाई पनि
कुनै सेकेन्डह्यान्ड पसलबाट
समय हेर्ने चम्किलो चस्मा !

हाल : पेप्सीकोला

वि.सं.२०७६ असोज १८ शनिवार १०:०९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...