फेरेर लुगा रातको हेर आएछ बिहानी
मनको कुरा भनेर हेर अप्ठेरो नमानी
दिनको उर्जा छरेर सूर्य कसरी रमायो
हातमा हात दिएर हेर आँखाले नहानी
लामो ती केश रसीलो ओठ कोमल शरीर
समय साची बिसाई हेर नफाल जवानी
खोजेको साथी सहारा भनी तिमीमा पाए म
सुटुक्क आउ नचाली हेर दिलैमा सुनामी
बलेको दीयो राखेर साक्षी वाचानै गरौंला
सिएँर मुटु जिएर हेरौं केही’नि नठानी
ढल्नेछ तिम्रो यौवन सारा दिएको दैवले
सुनौलो “प्रेम“ बनेर जाला अधूरो कहानी
वि.सं.२०७६ असोज १८ शनिवार १०:०६ मा प्रकाशित






























