back
CTIZAN AD

मूर्ति

वि.सं.२०७६ कात्तिक २३ शनिवार

789 

shares

एकदिन
उसले मूर्ति बनायो
सग्लो मूर्तिले उसैलाई
औंला ठड्याइरहेको थियो
त्यो खबरदारी उसलाई चित्त परेन
छिनो लिएर मूर्ति सच्याउन थाल्यो ।

अग्लो कद काटेर केही होँचो बनायो
लाम्चो अनुहार ताछेर गोलो बनायो
आँखाका परेलाहरु छोपिदिएर चिम्सा बनायो
लामो नाक काटेर थेप्चो बनायो
पातला ओँठहरुलाई बाक्लो बनायो
दुब्लो जीउलाई केही जोरजाम गरेर
मोटो घाटो बनायो
पाखुरा पुष्ट र छोटा बनायो
छाती चौडा र उच्च बनायो
तीघ्रा डोलो बनायो
पैताला केही फुकाएर
फराकिलो बनायो
अर्कोदिन
उसले मूर्ति सच्याएर सकायो ।

अझै उसलाई केही नपुगेझैं भयो
उसले एउटा नाल बनायो
दाप बनायो, ट्रिगर बनायो
र मूर्तिको काँधमा राखिदियो ।

त्यो मूर्तिलाई उसले
भान्सामा राख्यो
ओछ्यानमा राख्यो
पुजाकोठामा राख्यो
लिस्नोमा राख्यो
आँगनमा राख्यो
अँह काही सुहाउँदैन ।

अन्त्यमा संघारमा राखेर
ढोका लगायो ।

वि.सं.२०७६ कात्तिक २३ शनिवार ०९:३९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...