म कहीं कतै सुविधायुक्त शहर होइन ।।
म कहीं कला–कौशलयुक्त प्रस्तर होइन ।।
औँशी पूर्णेले फरक पारेको छ रातलाई
म कहीं कतै जून्तारायुक्त सगर होइन ।।
सबैले हेर्ने आ–आफ्नोआँखाको हेराई नहो
म कहीं कतै मोहनी–मुग्ध नजर होइन ।।
भन्छन् जीवनको सफर पार गर्न गाह्रो रे
म कहीं कतै निर्जनयुक्त सफर होइन ।।
गल्ली गल्लीमा हिंडेको छु,चोकमा सुतेकोछु
म कहीं कतै पखेटायुक्त भ्रमर होइन ।।
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:३७ मा प्रकाशित






























