back
CTIZAN AD

कविता : परिवार सहित परदेशिएका छिमेकी प्रति

वि.सं.२०७६ कात्तिक ३० शनिवार

7.7K 

shares

भित्तामा नानीहरूले कोरेका मेटिन लागेका
कखराहरु छन्
भित्तामा नानिहरुले बनाएका मुर्त अमुर्त चित्रहरु छन्
र भित्तामा भित्तै भएर टासिएका धमिलो सम्झ्नाहरु छन् ।

र्याकमा पुराना जुत्ताहरु छन्
बस् लगाउने खुट्टाहरु छैनन
दराजमा नानीहरूको स,–साना पाइजामाहरु छन्
बस् तोते बोली र खित्काहरु छैनन्
बगैंचामा फुलि रहेका घडि फूल र घामफूलहरु छन्
बस् सजाउने चुल्ठोहरु छैनन्

कोहि बेला
भित्ताको चराको चित्र भुर्रर उडेर कहि दुर जान्छ
त्यो बेला तिम्रा बा आमाले तिम्लाइ
आशिर्बाद र सम्झनाहरु पठाउछन्
सायद त्यस बेला उता तिम्लाइ बाडुली लागेको हुनु पर्छ
कोहि बेला तिम्रा बा एक्लै मन सगँ तिम्रा कुरा गर्दै
बरबराइ रहेको हुन्छ
सायद त्यस बेला उता तिम्रो घाँटी खसखसाइ रहेको हुनु पर्छ
हरेक साझ बिहान पहिलो गाँस खानु अघि
तिम्री आमा तिम्लाइ सम्झिन्छिन्
सायद त्यस बेला उता तिम्रो छाति चर्किएको हुनु पर्छ ।

हरेक चाडपर्वहरुमा तिम्रो घरलाई तिम्रो अभाब खड्किन्छ
त्यस बेला तिमी सस्तो रेडिमेड शुभकामनाका शब्दहरू लिएर
बिधुतिय यन्त्रहरु मार्फत झुल्किन्छौ
–हेप्पि दशै
–हेप्पि तिहार
–हेप्पि चासोक तङ्नाम

तिम्रा शुभेच्छाहरु आएर तिम्रा बिरामी आमालाइ
डोरियाउदै डोरियाउदै अस्पताल पुर्याउदैन
तिम्रा शुभेच्छाहरु आएर पिढिबाट लडेर घाइते
तिम्रा बाको शरीरमा तेल लगाएर मालिस गरि दिदैन
तिम्रा शुभेच्छाहरु आएर तिम्रा आमाको
लट्टा परेको कपाल कोरिबाटि गरिदिदैन
र एउटा कुरा यो पनि तिम्रा शुभेच्छाहरुले मात्रै
देशको उन्नति सम्भब छैन ।

तिम्रा बालाइ पाखनबेद र ठुलो ओखति पिधेर खुवाउन
तिम्रै हात चाहिन्छ
तिम्री आमाको उध्रेको चोलि सिउन तिम्रै हात चाहिन्छ
र अर्को कुरा यो पनि बन्जर जमिनमा
सम्भावनाको एउटा एउटा घामजुन रोप्न पनि
तिम्रै हात चाहिन्छ

त्यसैले फर्क दाजै फर्क
यो देश स्वयम्भूको आखा भएर तिम्रै
अनुपस्थितमा टोलाइ रहेछ ।।

वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:३८ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...