back
CTIZAN AD

कविता : खोलाघरेले

वि.सं.२०७६ कात्तिक ३० शनिवार

666 

shares

खुल्दै धौलाद्रि हाँस्यो,क्रमसँग चचुरा छेउका रम्न थाले
माछापुच्छ्रे उचाल्दै पुछर गगनमा झल्कियो झन् मजाले
ओढेका मेघका ती अति नरम धुसा खुल्नुले वारपार
घुम्टो खोल्दा खुलेका नवयुवतिसरी लाग्दछन् वारपार ।१।

हट्नाले मोहडाको नरम फुसफुसे मेघ,सङ्लो छ काया
लाली रङ्गीन दल्छन् रविकिरण चढी,तेर्सियो दूर छाया
यी अग्ला ह्युँचुलीका तनसँग तन भै रम्छ नेपाल दायाँ
नेपाली जाति एकै तनमन हुनुले बढ्छ सद्भाव,मायाँ ।२।

यो शोभामाथि शोभा अधिक दिन पँहेल्पूर भै धान पाक्यो
यो धर्ती चीवरी भै तनमन सतमा लिप्त भो लाग्न थाल्यो
ऐले सारा तराई सुनमय तनमा ठाँटिएको हुनाले
हाम्रो नेपालमा नै सुरपुर गरिमा देख्छ खोलाघरेले ! ३ ।८८

( छन्द -स्रग्धरा )

वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:५० मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...