back
CTIZAN AD

कविता : भो चाहिएन मलाई

वि.सं.२०७६ कात्तिक ३० शनिवार

990 

shares

रातभरको सपनाहरुले
दिनभरी म बिथोलिएको हुन्छु
अनि दिनभरका पसीनाका धाराहरुले
रातभर म भिजिएको हुन्छु
ती सपनाहरु ती पसीनाहरु
त्यो रातहरु अनि त्यो दिनहरु
भो चाहिएन मलाई अब ।
यहाँ दुनियाको स्वार्थका कचौरा
भरिएनन् कहिले
अनि म निःस्वार्थका थैली सिलाई रहेछु
ईश्वर पुज्नेहरु
होड़बाजीमा छन् मंदिरभित्र
अनि ईश्वरहरु विलापमा छन्
वृद्धाश्रमको आगनहरुमा ।
समयले कोल्टे फेरेकै रहेछ
तब त यहाँ
दिनहरु शुनसान अनि
रातहरु चहल पहल गर्छन्
घर घरमा टमी पप्पी
ज्याकी र टाईगर सजिएका छन् अनि
माली पुंड़ी दार्मी र पांग्रीहरु
गोठमा छैनन् ।
गोजी मै विश्व बोकेर
आँगन थर्काउनेहरु प्रशस्त छन्
विश्व को मानचित्र खोज्नेहरु
घुरेन लत्याएका छन् ।
भो ! यो मेरो संसार होइन रहेछ
यो संसारको म होईन रहेछु
मेरा पसीनाहरु
मेरा अभिलाषाहरु
मेरो मान्यताहरु
मेरो हिजो आज र भोलीहरु
म हराएको पाउँदैछु
भो चाहिएन मलाई अब
ती रातहरु ती दिनहरु ।

वि.सं.२०७६ कात्तिक ३० शनिवार १०:०३ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...