back
CTIZAN AD

राप्रपाः फागुन ६ देखि ९ गतेसम्म महाधिवेशन प्रस्ताव

वि.सं.२०७३ मंसिर १८ शनिवार

1K 

shares

१८ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा गर्न प्रस्ताव गरिएको छ ।

राप्रपाका नेता बुद्धिमान तामाङको संयोजकत्वमा गठित १४ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा त्यस्तो प्रस्ताव गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको शनिबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सो प्रस्तावमा छलफल गरिने छ ।

त्यसैगरी पार्टीको स्थानीय तहको निर्वाचन कार्यतालिका तथा निर्देशिकाबारे पनि बैठकमा छलफल गरिने छ । बैठकमा मुलुकको समसामयिक विषयवस्तुका साथै संविधान संशोधनको प्रस्तावमा पार्टीको धारणा निर्माण गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला समितिका अध्यक्षमा नवराज सिंखडा र उपाध्यक्षमा जगतसागर महर्जनलाई मनोनयन गरिएको छ । यसअघि सिंखडा राप्रपा नेपाल र महर्जन राप्रपा निकट समितिका अध्यक्ष हुनुहुन्थ्यो ।

सो अवसरमा पार्टीका नेता निरञ्जन थापाले देशव्यापी रुपमा पार्टी निकट जनवर्गीय सङ्गठनलाई सुदृढ गरी पार्टीलाई मुलुकको अग्रस्थानमा पु¥याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिलेसम्म ३० भन्दा बढी जिल्लामा समिति गठन भइसकेको तथा बाँकी जिल्लामा यही मङ्सिर २५ गतेसम्म गरिनेछ ।

वि.सं.२०७३ मंसिर १८ शनिवार ०२:१२ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...