back

राप्रपाः फागुन ६ देखि ९ गतेसम्म महाधिवेशन प्रस्ताव

वि.सं.२०७३ मंसिर १८ शनिवार

537 

shares
GLOBAL IME AD
NTC AD

१८ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा गर्न प्रस्ताव गरिएको छ ।

राप्रपाका नेता बुद्धिमान तामाङको संयोजकत्वमा गठित १४ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा त्यस्तो प्रस्ताव गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको शनिबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सो प्रस्तावमा छलफल गरिने छ ।

त्यसैगरी पार्टीको स्थानीय तहको निर्वाचन कार्यतालिका तथा निर्देशिकाबारे पनि बैठकमा छलफल गरिने छ । बैठकमा मुलुकको समसामयिक विषयवस्तुका साथै संविधान संशोधनको प्रस्तावमा पार्टीको धारणा निर्माण गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला समितिका अध्यक्षमा नवराज सिंखडा र उपाध्यक्षमा जगतसागर महर्जनलाई मनोनयन गरिएको छ । यसअघि सिंखडा राप्रपा नेपाल र महर्जन राप्रपा निकट समितिका अध्यक्ष हुनुहुन्थ्यो ।

सो अवसरमा पार्टीका नेता निरञ्जन थापाले देशव्यापी रुपमा पार्टी निकट जनवर्गीय सङ्गठनलाई सुदृढ गरी पार्टीलाई मुलुकको अग्रस्थानमा पु¥याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिलेसम्म ३० भन्दा बढी जिल्लामा समिति गठन भइसकेको तथा बाँकी जिल्लामा यही मङ्सिर २५ गतेसम्म गरिनेछ ।

वि.सं.२०७३ मंसिर १८ शनिवार ०२:१२ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...