back
CTIZAN AD

कविता : घाम र म

वि.सं.२०७६ पुस १९ शनिवार

876 

shares

ओढ्ने र ओछ्याउने दुवै घाम हो हजुर,
राती चन्द्रमा,
आज मैले घामको किरण देखेँ भने भोलि देख्नेछु,पक्का,
घामले किरण पहाडमा फिँजारेको देख्नेछु,
अँध्यारोले किरण लतारेको देख्नेछु,
खोसाखोसा हुनेछ सिनो किरणको,
कैले घामले कैले मैले,
कैले चन्द्रमाले ।

भन्थेँ नी ! मैले मेरो आकाश मैले मात्र देखेको छु,
मैले मात्रै महसुस गरेको छु,
मैले थामेको छु आकाश,
कम सकस थियो,
तिमी निदायौ,
तिम्रो नशिकाबाट निस्किरहेथ्यो श्वासको त्यान्द्रो,
घरि आकाश थामेँ,
घरि तिम्रो श्वास थामें,
कैले मैले,
कैले आकाशले ।

हिउँदमा घामको किरण सिध्दिएर हो रहेछ सुस्त,
ग्रीष्ममा भएभरको पोखिएर हो रहेछ अचेल शिथिल,
कैले म,
कैले घाम,
पालो पालो,
किरण आलो न्यानो,
वसन्त ऋतुमा नै सिध्दाएर,
अचेल शिशिरमा,
भएको छु पतझडको बोटबिरुवा झैं,
अर्थात् शिताङ्ग ।

वि.सं.२०७६ पुस १९ शनिवार ०९:५७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...