मेरो जीवनसंग गाँसिने भए आउ तिमी
म सितै पत्ताल भासिने भए आउ तिमी
जोखिम मोल्न,कष्ट सहन सक्छौ भने
हावा हुरीसरी बतासिने भए आउ तिमी
लडदा चोट सहेर नदीको भेलमा बहेर
संघर्ष गरेर नै उकासिने भए आउ तिमी
भोकैपेट डाँडाकाँडा नथाकी हिँडेरपनि
मायागरी मसंग टाँसिने भए आउ तिमी
पद वैभव सुख सयलको वास्ता नगर्ने
संगै कष्ट सहने मासिने भए आउ तिमी
वि.सं.२०७६ पुस १९ शनिवार १०:०४ मा प्रकाशित





























