back
CTIZAN AD

छन्द कविता : कस्तो छिमेकी तिमी ?

वि.सं.२०७६ पुस २६ शनिवार

1.7K 

shares

अर्काबाट थिचोमिचो यदि भए हेर्चाह राम्रो गरी
माया गर्छ छिमेकले नजिकको आफ्नो छमेकीप्रति ।
मात्रै स्वार्थ अभिष्ट साधन गरी मैमत्त-स्वामी बनी,
साथीको हक छिन्न उद्यत हुने कस्तो छिमेकी तिमी !

अर्काको घरखेत मिच्दछ भने त्यो गिद्धको कर्म हो,
मात्रै धार्मिक खोल ओड्दछ भने त्यो स्यालको धर्म हो
हेप्छौ सानु भनेर नै यदि भने के अर्थमा सानु भो !
मोटो लामु भएर हुन्न बुझिल्यौ, हो वीरता नै ठुलो ।

नेपाली मुटु हो फलाम, बढिया इस्पात दोब्रिन्न यो,
कच्चा धातुसमान देख्दछ भने देख्ने महामूर्ख हो ।
यो हो ढाल कडा विशाल सखुवा आँकेर आँकिन्न है,
मेवाको रुख संझिएर हँसिया रेटेर ढालिन्न है ।

हात्तीझैं बलियो छु, जित्न कसले के सक्दथ्यो ! भन्दछौ,
सानो जीव चढेर अङ्कुश लिई सुम्ल्याउँदा चेत्दछौ ।
सारै उच्च धनाढ्य मित्रद्वय छौ दायाँ र बायाँतिर,
हामीभित्र पसेन लालच कुनै टाहार बारीतिर ।

पाखा खेत रुखो तथा असजिलो गेग्र्यान होस् तापनि,
आफ्नो यो प्रिय मातृभूप्रति सदा हामी रहन्छौं ऋणी ।
तिम्रासामु कदापि भन्नुनपरोस् हामी भयौं निर्धनी,
आधा इन्च भएपनि स्वजननी छाड्दौन दुब्लो बनी ।

३ शार्दूलविक्रीडित छन्द

वि.सं.२०७६ पुस २६ शनिवार १०:०५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...