back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ माघ ४ शनिवार

768 

shares

१.
भएको छ जिन्दगी, रित्तो बगर के गर्नु,
जति कष्ट गरेपनी, पुगेन रहर के गर्नु ।
कतै खुशी भेटिन्छ, भन्ने अभिलाषाले,
हिडेको छु म, काँडाको सफर के गर्नु ।

२.
सच्चा मनले,मन्दिरसम्म पुज्न आउनु होला,
आफ्नो सामथ्र्य जाचेर, जुध्न आउनु होला ।
कहिकतै मेरो पनि शान छ, आवारा नठान्नु,
गाउँघरतिर मेरो बारेमा, बुझ्न आउनु होला ।

३.
मनमा देश बनाउने चेष्टा, कहिले राख्ने हामीले,
सुन सरकार बिदेशकै मुख, कति ताक्ने हामीले ।
देश चलाउने बाचा गरी, हजुर कुर्चिमा बस्नुभयो,
अब भन्नु शान्ती सुरक्षा, कहाँ गएर माग्ने हामीले ।

४.
चुनाव आउँदा कुर्लीएर,अनेक भ्रम छर्छन नेता,
थाहै हुन्न जिते भने,कता गएर के गर्छन नेता ।
देख्यौ बिगतदेखी,बर्तमान सम्मको उदाहरण,
देश खोक्रो बनाएर,आफ्नै खल्ति भर्छन नेता ।

५.
नयन बनिसकेछ, आसुको छहरा, पत्तै पाईन,
कतिखेर ढल्यो, मेरो घर कठैबरा, पत्तै पाईन ।
पिठाउली ढुंगा खेली, बित्यो हाम्रो बाल्यकाल,
खै हामिले, कसरी सिक्यौ, कखरा पत्तै पाईन ।

वि.सं.२०७६ माघ ४ शनिवार ११:२४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...