back
CTIZAN AD

लघुकथा : यस्तोपनि हुँदोरैछ

वि.सं.२०७६ माघ ४ शनिवार

1.1K 

shares

आज रामे र सुन्तली दुवैका आँखा काँचैछन । रातभरि सिरक तानातान् गर्नुपरेको थियो ।

दार्जिलिंगको जाडो, लजवालाले सानो चौडाईको सिरक दिएछ, पहिले पत्तै भएन, लौ हजुरहरू यहाँ सुत्नोस् है भनिराखेर उ गै हाल्यो । सिधासाधा मान्छे सुतेपछि सिरक ओडदा दुईजनाकै ढाड छोपिएन ।

घरी रामे आछुछु भन्छ र सुन्तलीलाई रित्तैपारेर पोको पर्छ, घरि यो बुढोपनि कस्तो स्वार्थी हौ ? तिमीलाई पनि जाडो हुन्छ होला सम्म पनि नभनी सबै सिरक एक्लै पो ओडेर सुत्छ त हौ ? भन्दै सुन्तली आफूतिर सिरक खोसेर पोकोपर्छे । निदाउन आँटेको रामे मुरमुरिन्छ । यसरी नै दुवैको आँखा नलाई रात बित्यो ।

उठेर दुबैजना बाटालागे । रामेले र सुन्तलीले मन-मनमा एउटै कुरा खेलाई रहेका हुन्छन् तर दुवैलाई हामी एउटै कुरा सोचिरहेका छौं भन्ने थाहै थिएन । कुरा उनीहरूको विवाह भएकै सालको हो । लगभग पन्ध्रबर्ष भयो होला यस्तै जाडो महिना थियो । ससुराली जाँदा यसरी नै बाटोमा बास बसेको लजमा त्यो बेलापनि यस्तै सिरकमा फेला परेका थिए तर त्यो बेला रामेले सुन्तलीलाई डडाल्नु छाम्दै आमम् तिमी त हिउ भएछौ भन्दै आफु नांगिएर उसलाई सिरकले छोपिदिन्थ्यो अनि सुन्तलीले फेरि रामेको ढाड छामेर हेर त राम-राम राम हिउँभन्दा नि चिसो भएछ लु ओढ भन्दै रामेलाई सिरकले छोपेर आफु नांगै हुन्थी ।

तर आज दुवैजनाले आ-आफ्नो ज्यानको मायाँगर्दै लड्डि गरेर निदाएका थिएनन् । उसबेला एकले अर्कालाई कसरी माया गरिनथ्यो ? तर आज हामी नै हौं फेरि किन हामी बिचमा यत्रोठुलो परिवर्तन ? दुवैजना मनमनमा यहीकुरो गोडिरहेका थिए रै पनि दुवैजना एक अर्काको मनभित्रको कुरोसित भने अनभिज्ञ नै थिए ।

वि.सं.२०७६ माघ ४ शनिवार ११:२९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...