back
CTIZAN AD

साइनो के र किन ?

वि.सं.२०७६ माघ ९ बिहीवार

957 

shares

नेपाली आकाशमा बिहानपख एउटा तारा उदाएको छ । गणितीय बिज्ञान खगोल र ज्योतिषका दृष्टिकोणबाट पनि उच्च अर्थ राख्ने ७+८+९ =२४ को अर्थ बोध हुने साहित्यको नयाँ बिधा जन्म्यो । साहित्यको एउटा बिद्यार्थी कोहि हो र उ लेखनको चौराहामा उभिएको छ भने कुनै न कुनै बेला साइनोको सरल सरस बाटोमा अलिक पर त पुग्छ पुग्छ । मानविय स्वभाव हो सुन्दरताको पछि लाग्ने । साहित्यका यावत् बिधाको विचमा एउटा प्रष्टता र विशिस्टता बोकेको एउटा बिधा ‘साइनो’ जसको एउटा ट्रयाक खोल्ने काम सकिसकेको प्रतीत हुन्छ । प्राध्यापक श्री छायादत्त न्यौपाने बगरले स्थापना गर्नु भएको साइनो बिधा उच्चस्तरीय बिधाको रूपमा हेरिएको छ ।

भाव,सिल्पीचेत, शुद्धता र नेपालीपन देखिने गरि रचनागर्भ निर्माणले क्षेत्रगत वृत्त फराकिलो पार्दै छ । साहित्य लेखन यस्तो चुल्हो हो जहाँ कुन दाउरा छिटो बल्छ थाहै हुँदैन ।

कुन खुर्सानी धेरै पिरो छ थाहै हुँदैन ।

खुकुरी र कर्दको उखान फेल खान्छ ।

गुरु चेलाको विरासतनै नामेट हुने खतरा हुन्छ ।

तर पनि यात्रामा साथ र सहयोग रहि रहनु पर्छ ।

एक्लै कोहि कहिँ पुगिरहन सक्दैन ।

समयको प्रवाहमा स्थापनाको जस र अपजस पाए नपाएको कुरालाई लिएर, क्षेत्र र विधानका बिषयमा कुनै पनि विधालाई संकुचित पारिनु हुँदैन । किन कसरी भन्ने प्रश्न भन्दा पनि त्यसको सुन्दरतालाई हेरिनु साहित्य प्रतिको न्याय हुनेछ । स्थापना हुँदा या शुरुमा लेखिँदा ताकाको गति र रुचीले दिएको संख्यात्मक वृद्धि उत्साहजनक देखिन्छ ।

साहित्यमा उचनिचको मापदण्ड हुँदैन । एउटा रचना सरल या कडा हुनै सक्दैन किन पनि भने लेख्ने र पढ्नेहरुको विचमा हुने तालमेल नै ठूलो कुरा हो । कति साहित्यका रचना नबुझेर पनि मीठो मानेर सुन्ने हेर्ने र बुझ्ने कोशिश गरिन्छ । कम्तिमा छर्लङ्ग देखिन एउटा स्वरुपमा आउँनै पर्छ । दिनानुदिन लेखनको रुचि थपिनु स्वभाविक छ । कुनै विधा संग प्रतिस्पर्धा गर्न नभई आफ्नो विशिस्ट शैली र एउटा दर्हो आधार अक्षर पद संख्या हो । सात आठ नौ को हुने योगफल चौबीस नैट अक्षर गणना पहिलो शर्त हो भने क्षेत्र निर्धारणको दायरा फराकिलो देखिन्छ ।

भाव व्यंग्य र बिम्बको प्रचुरता हुने यस विधामा एउटा साइनो धेरै कोणबाट परिभाषित हुन सक्ने यसको सुगन्ध हो । लेखकिय क्षेत्र त बिस्तारित हुन्छ नै । चौबिस अनुच्छेदमा बयान गर्न सकिने कुरालाई चौबीस अक्षरमा समेट्न सक्नु यो विधाको बलियो पक्ष हो ।

वर्तमान पुस्ताको व्यस्ततामा लेखन र पठनका दृष्टिले समेत उत्तम मानिएको यस बिधालाई दिनानुदिन रुचाइको स्तर बढ्दै गएको छ ।

यसै सेरोफेरोमा साइनोका केही उदाहरणहरु,
प्रयोगको प्रयास
पल गन्दैछ यो घडी
आलोक यापन जीवन ।

कुराको कम्पनीमा
चरम आनन्द लिन
कुर्सीमा संसद शिविर ।

महत्व देखाउन
यी जुनकीरी झुल्किन्छन्
पग्लिन्छ्न् उज्यालोमा सदा ।

नेपाली ब्याकरणको शब्दनिर्माण प्रक्रिया अनुसार अक्षर र बर्णको गन्तिमा फरक देखिनु या अलमलिनु नपरोस् भन्ने ध्येयले फरक फरक देखिने साइनोको उदाहरण पेश गरियो ।

साइनोबारे अलिकति कुरा

कविताको उपविधा ‘साइनो’ सम्बन्धी सक्षिप्त चिनारी

वि.सं.२०७६ माघ ९ बिहीवार ०९:०६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...