back
CTIZAN AD

डा.रविन्द्र पाण्डे भन्छन्–कोरोना भाइरस संक्रमणको डर नमानौं

वि.सं.२०७६ माघ १२ आइतवार

1.3K 

shares

१२ माघ, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले कोरोना भाइरसको संक्रमणमा नडराउन र विभिन्न उपाय अपनाउन सुझाएका छन् ।

डा. पाण्डेले यो एक प्रकारको रुघाखोकी रहेको र कोरोना संक्रमण र रुघाखोकीका लक्षण एउटै हुने बताएका छन् ।

चीनमा रहेका नेपाली डाक्टर भन्छन्– ८ हजार नागरिक उच्च निगारनीमा, नेपाली शकुसल छन्

जनचेतनाका लागि सामाजिक संजालमा डा. पाण्डेले यस्तो लेखेका छन् ।

-यो एक प्रकारको रुघा हो । कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन् ।

-सर्ने माध्यम पनि रुघा सरेजस्तै हो । खोक्दा, छिउं गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसंग नपकाएर खाँदा आदि ।

कोरोनाबाट बच्न इबोलाका बेलाजस्तै हेल्थ डेस्क स्थापना गर्नुपर्ने चिकित्सकको सुझाव

यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन । ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ ।
यसको कुनै उपचार छैन । ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो । झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो ।

के हो कोरोना भाइरस, यसको संक्रमणबाट बच्न के गर्ने ?

यो रोगको खोप छैन
-रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन्छ ।
-यो रोग लाग्दैमा मृत्यु हुँदैन । यसको मृत्यु दर २–३ प्रतिशत मात्र छ । बालबालिका, बृद्धबृद्धा, क्यान्सर, एचआईभी, मुटुरोग र मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समुहमा पर्दछन । त्यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समुहमा पर्दछन ।
सकभर भिडभाडमा नजाने , जस्तै : अस्पताल र सपिंग मल र सिनेमा घर, सार्वजनिक यातायात आदिमा ।

नेपालमा पनि कोरोना भाइरसको जोखिम, के हुन् त यसका लक्षण ?

( हामीले आम रुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन । ल् ढछ मास्क राम्रोसंग लगाउँदा रोकथाममा उपयोगी हुन्छ ।

– मुख्य कुरा त स्वास्थ्य प्रबर्धन हो । रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन । सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

-रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं । कोरोनाको बारे धेरै सोंचेर चिन्तित नबनौं । नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ । साबधानी अपनाउने हो, पेनिक बन्ने हैन ।

वि.सं.२०७६ माघ १२ आइतवार १०:४२ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...