जून जस्तै शीतल लाग्थ्यो घामले झैँ पोल्ने भएछौ
हजारचोटि बोलाउँदा नि आज मसँग नबोल्ने भएछौ
तिम्रै हुँ तृष्णा म, तिमीमा हराउन देऊ भनिरहन्थ्यो
नौनी जस्तै थियो मेरो दुखाईमा संगै पग्लिरहन्थ्यो
तर मनका गहिराईमा आज तिमी आँशुले घोल्ने भएछौ
हजारचोटि बोलाउदा नि आज मसँग नबोल्ने भएछौ
जीवनमा तिमी नहुँदा फूलमा सुगन्ध नभए झैँ हुन्छ
साँचो प्रेमभन्दा ठुलो भनन प्रिय यो संसारमा कुन छ
त्यहि माया अमृत लाग्थ्यो अहिले बिष घोल्ने भएछौ
हजारचोटि बोलाउदा नि आज मसँग नबोल्ने भएछौ
बालाजु,वनस्थली
वि.सं.२०७६ फागुन ३ शनिवार ०९:५८ मा प्रकाशित






























