back
CTIZAN AD

श्रमिक समस्या न्यूनिकरण गर्ने सम्बन्धमा साउदीमा अन्तरक्रिया सम्पन्न

वि.सं.२०७६ फागुन ४ आइतवार

843 

shares

४ फागुन, साउदी । नेपाली दूतावास रियादको आयोजनामा साउदीमा वर्तमान अवस्थामा वैदेशीक रोजगारमा व्याप्त श्रमिक समस्यालाई न्युनिकरण गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

साउदी अरबको पूर्विशहर दम्मामस्थित रोज रेष्टुरेण्टमा १४ फेब्रअरीमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली दूताबास रियादका पूर्वी प्रान्त दम्मामका लागी स्थानिय कर्मचारी हरी घिमीरेको संचालन रहेको उक्त कार्यक्रममा नेपाली राजदूतास रियादका तर्फबाट नियोग उपप्रमुख दिलिप पौड्यालको उपस्थिती रहेको थियो भने नेपालबाट साउदी भ्रमणमा रहेका नेपाल सरकारका पदाधिकारीहरू रहेका थिए ।

उक्त कार्यदलमा परराष्ट्र मन्त्रालयका सहसचिव तथा मध्य एसिया, पश्चिम एसिया साथै अफ्रिका महासाखा प्रवन्ध निर्देशक हरिष चन्द्र घिमीरे, वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसाल, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत कुल बहादुर राना मगर, वैदेशिक रोजगार विभागका शाखा अधिकृत जमुना काफ्ले र नेपाली राजदुताबास मलेशियाका भूतपूर्व राजदूत डा. ऋषिराज अधिकारीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम तथा कार्यदलको मुख्य उद्धेश्य वैदेशिक रोजगारलाई अझै सुरक्षित र मर्यादित बनाउनको लागी नीति नियमको तर्जुमा गर्न सम्बन्धित राष्ट्रमा रहेको नेपाली राजदूताबास र उक्त राष्ट्रमा कार्यरत कामदारहरूबाट सल्लाह सुझाबहरू संकलन गर्दै प्रतिवेदन तयार गरी सम्बन्धित विभाग र मन्त्रालयलाई बुझाउने रहेको परराष्ट्र मन्त्रालयका सहसचिव हरिष चन्द्र घिमीरेले मन्तव्यको क्रममा बताए । घिमीरेले उक्त प्रतिवेदनको आधारमा वैदेशिक रोजगार सम्बन्धी नेपाल सरकारले कार्यनीति तथा कार्यदिशा तय गरिने पनि बताए ।

कार्यक्रममा एनआरएनए आईसिसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, सदस्य याशमिन वैगम, नारायण पासवान, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापा लगायतका पदाधिकारीहरू, संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रीय सदस्य श्रीयावा लिम्बु लगायत साउदी अरबमा रहेका विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनहरूका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । उक्त अवसरमा संघ संस्थाद्धारा उक्त कार्यदललाई आ-आफ्नो संस्थागत सल्लाह सुझाव सहितको ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाईएको थियो ।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूलाई सम्बोधन गर्ने क्रममा दुताबासको तर्फबाट उपनियोग प्रमुख दिलिप कुमार पौड्याल, वैदेशिक रोजगार विभागको तर्फबाट डा. भिष्म कुमार भुसाल र परराष्ट्र, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट सहसचिव हरिष चन्द्र घिमीरेले जवाफ दिएका थिए ।

जवाफ दिने क्रममा साउदीमा घरेलु कामदारहरू माथि सोधिएको प्रश्नमा वैदेशिक रोजगार विभागका शाखा अधिकृत जमुना काफ्लेले नेपाल सरकारले उल्लेख गरिएको बुँदाहरूमा साउदी सरकारले सहमती नजनाए सम्म वर्तमान व्यवस्था नै कायम रहने बताएका बताएकी थिइन् ।

वि.सं.२०७६ फागुन ४ आइतवार १८:२२ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...