back
CTIZAN AD

कविता : पहिलो सङ्घर्ष !!

वि.सं.२०७६ फागुन १० शनिवार

819 

shares

अविदितको सानो संसार
जहाँ अटेसमटेस अनगिन्ती
छन् असम्भव\अस्वाभाविक चाहनाहरू
भौतिक उपभोगहरू
रङ्ग\रोमान्सहरू
खेल\झेलहहरू
नियतका अतिव्याप्ति असङ्ख्य
आपराधिक उहापोहहरू
दौडिरहन्छन्–म्याराथनझैँ
र जन्मन्छन् कण्टेनरझैँ
विनलादेनहरू
छोटा राजन,सद्दामहरू
सिद्धबाबा, आशाराम, रहिमहरू
यसै अविदितको सानो संसारभित्र
अर्का्तिर स्फटिकझैँ
छन् सम्भावनाका बुद्ध-गान्धीहरू
मोहम्मद\यशु\कृष्ण\बलरामहरू
सीता\गार्गी र भृकुटीहरू
यसै अविदितभित्र अवस्थित मन
मनभित्र कण्टेनरका फोहरझैँ
सल्बलाएका लादेन\सद्दाम विरुद्ध
बुद्ध\गान्धी विजयको सङ्घर्ष
पिङ्गला\क्लियोपेट्रा विरुद्ध
सीता\गार्गी\मदरटेरेसा
विजयको सङ्घर्ष
यत्ति भए पुग्छ-‘म’ संसार हुन्
र संसार ‘म’ सँग
शुभ्र !
शान्त !!
सुन्दर !!! रहन

वि.सं.२०७६ फागुन १० शनिवार ०९:२० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...