१.
यस्तै रहोस मायाँको शिलशिला परस्पर
नपरोस् यो मायाँले कतै पनि केहि असर
गाढा होस् पिरति, देख्नेले इर्ष्या गरोस्,
म चाहान्छु लाको माया नछुटोस् भरखर ।
२.
कतै मायामा लागेसी, खडेरी के गर्छयौ
जिन्दगीमा पर्यो भने, अधेरी, के गर्छयौ
कसरी ढुक्क बनु, भित्ताको नि कान छ रे,
भत्किए हाम्रो मायाँको, कटेरी के गर्छयौ ।
३.
झोलेहरु खोक्रो राष्ट्रबादको, गल्ति छोप्न ब्यस्त छन्
अब फेरि नयाँ जालझेलको, बिरुवा रोप्न ब्यस्त छन्
गधा नुहाएर कहिल्यै गाई हुन्न, यो बुझिराख महाशय,
तर चोखो बनाउन भरौटेहरु, अमृतमा चोप्न ब्यस्त छन् ।
४.
चाप्लुसी देखाएर, चर्चा र प्रशंसा भरपुर गर्छन्
मात्र तपाईसँग सम्पति भए, सबैले हजुर गर्छन्
बरु बेलैमा टन्न सम्पति, कमाउन तर्फ लाग्नुस्,
नत्र आफन्त मित्र सबैले, छिः छिः दुरदुर गर्छन् ।
५.
थाहा छ किन सकीएन, कसैको जाती बन्न
हो जानेरै पनि आएन, कहिल्यै घाती बन्न
चाकडी चाप्लुसी गरे भा, म नि केहि बन्थे,
तर म सकिन, तिमी जस्तै खुरापाति बन्न ।
वि.सं.२०७६ फागुन १० शनिवार ०९:१८ मा प्रकाशित






























