back
CTIZAN AD

कविता : कालो बादल

वि.सं.२०७६ फागुन १० शनिवार

1.5K 

shares

कालो बादल
जब अनुकुल बातावरणसँग मेल खान्छ
अनि,
वर्षा बनेर धर्तिमा बर्सिन्छ ।

बर्षाले धरती सिंचित हुन्छ
बिरुवाहरु मौलाउँदै प्रकृति हराभरा हुन्छन् ।

कालो बादल,
जब सुर्यलाई छेक्छ
जब चन्द्रमालाई पुरै ढाक्छ
तब,
मान्छेको चेतनाले गहिरो नाकारत्मक अर्थ लगाउँछ ।

कहाँ बादल ?
कहाँ चन्द्र सुर्य छ ?
यी दुई बिच माईलौं दूरि छ
तिमीले जे देख्यौ त्यो सत्य हो
तर !
बास्तविक यथार्थ सत्यता यो हैन ।

त्यसैले ,
आँखाले प्रत्यक्ष देखेका सबै कुरा
सत्य हुँदैनन्
सत्य के हो ?
विज्ञान बुझ्नु पनि पर्छ
मान्छेले आफैले आफैलाई चिन्न सक्नुपर्छ ।

कालो बादल
जसले यो धरतीलाई सिंचित गर्छ
यस्को अर्थ अब अर्को हुनै सक्दैन
मुख्य कुरा
हाम्रो बुझाई चेतनामानै कहिं कतै खोट छ ।

वि.सं.२०७६ फागुन १० शनिवार ०९:१७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...