back
CTIZAN AD

कविता : जन्म त जित्नका लागि हुनुपर्छ

वि.सं.२०७६ फागुन १० शनिवार

2K 

shares

सृष्टिको अमूल्य रचना,
हरेक सजीवहरुको जन्म
त्यसमा पनि सर्वोत्कृष्ट जन्म,
मानव हामी
जब जन्म हुन्छ
न भूगोलको सीमा हुन्छ
न त जातको विभेद हुन्छ
धनी अनि गरीब,
टाडा अनि नजिक,
यी त शब्दहरुमा नै सीमित हुनुपर्छ
प्रगति गर्दै जानुपर्छ
असफल होला कहिलेकाही,
चित्त बुझाई सकरात्मक हुनुपर्छ
हारहरु अनि धोकाहरुमा,
निरास नबनि आशावादी बन्नुपर्छ
किनभने,
जन्म त जित्नका लागि हुनुपर्छ ।

जन्म, बाल, युवा, वृद्ध
अनि मृत्यु जिन्दगी
एकपटक पाईने जीवन,
फर्केर आईने बाचा हुँदैन
पुर्नजीवनको आशा हुँदैन
त्यसैले त,
मानवोचित कार्यहरु,
गर्नैपर्छ अनिवार्य
फरक छैनौं कोही यहाँ,
विभेद गर्ने मनसाय त,
मानव निर्मित कृतिम
अभिलाषाहरु,
गलत प्रपञ्चहरुमात्र हुन्
कसै न कसैलाई फाईदा हुने,
कोही न कोहीले सम्झिरहने,
असल कार्य गर्नका लागि
प्राप्त भएको यो जिन्दगी
थोरै विफल भए आफ्ना कार्यहरु,
चित्त बुझाउन सक्नुपर्छ
नयाँ आयामहरुको कदमहरु
चालिरहन सक्नुपर्छ
किनभने,
जन्म त जित्नका लागि हुनुपर्छ ।

आकाश अनि धरती,
अति दूर छन् तापनि,
अन्योन्याश्रित छन् एक अर्कामा
एक नभए अर्कोको छैन अस्तित्व,
हरेक प्राकृतिक चक्रहरुमा
दुवैको योगदान अमूल्य,
तिमी अनि म,
आकाश अनि धरती
सम्बन्धित बन्नुपर्छ
तिम्रो उचाई जति नै माथि भए पनि,
तिम्रो मूल्य जति नै अमूल्य भए पनि
आकाश धरती झैं
प्राकृतिक सम्बन्धहरुमा
अन्तरसम्बन्धित बन्नुपर्छ
तिम्रा असल कार्यहरु
मैले सिको गर्नुपर्छ ।
मेरा सही कदमहरु
तिमीले पिछा गर्नुपर्छ
असफल भए दुबै हामी
अर्को कदम चाल्नुपर्छ ।
किनभने,
जन्म त जित्नका लागि हुनुपर्छ ।

सूर्योदय न.पा. ७ गोगने कन्याम,इलाम

वि.सं.२०७६ फागुन १० शनिवार ०९:१५ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...