back
CTIZAN AD

युएनए अमेरिकाको पाँचौं सम्मेलन, नेपाली लेख्न तथा पढ्न सक्ने बालबालिकालाई ५ हजार डलर पुरस्कार

वि.सं.२०७६ फागुन १३ मंगलवार

900 

shares

१३ फाुगन, डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने ५ औ युनाईटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन अमेरिकामा जन्मेका बालबालिकाहरु प्रति केन्द्रित हुने भएको छ ।

स्थापनाकालदेखि नै यूवाहरुलाई प्रोत्साहन दिने काम गर्दै आईरहेको आएको गैर मुनाफा सामाजिक संस्था युएनएले यसपटक पनि सोही उद्धेश्यलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको छ ।

युवा र बिशेष गरि अमेरिकामा जन्मिएका बालबालिकाहरुका बिबिध कार्यक्रमलाई महत्वका साथ जोड दिने जनाएको छ ।
यसै क्रममा अमेरिकाको नेपाली समुदायको ईतिहासमा सम्भवत पहिलो पटक अमेरिकामा जन्मेका बालबालिकाले दुवै पढ्ने र लेख्ने प्रतियोगितामा विजय हासिल गरेमा ५ हजार डलर नगद तथा पुरस्कारसम्म पाउने व्यवस्था गरिने र यसको लागि काम भै रहेको ५ औ युएनए सम्मेलन संयोजक अम्मर छन्त्यालले घोषणा गरेका छन् ।

उनले उक्त कुरा गत फेब्रअरी २३ आइतबारका दिन सम्मेलनलाई सफल बनाउन डिसी क्षेत्रका विभिन्न संघरसंस्थाका प्रतिनिधि,सामाजिक अभियन्ता र समाजका विभिन्न पेशा र वर्गका व्यक्तिहरुलाई भेला गराई सल्लाह ,सुझाव र छलफल लिने क्रममा उक्त कुराको जानकारी गराएका हुन् ।

सम्मेलन संयोजक छन्त्यालले भने नेपालीहरु विदेशिने क्रम बढ्दो छ । उनीहरुका सन्तान पनि विदेशिने क्रम जारी रहेको अवस्थामा नेपाली भाषा लोप हुने सम्भावना ज्यादै बढेको देखिन्छ उनले भने । यसरी यही क्रम निरन्तर हुने हो भने दोश्रो पुस्ताका नेपाली बालबालिकाले नेपाली भाषा बिर्सने छन र भाषा बिर्से हाम्रो पहिचान हराउने कुराले आफू चिन्तित भएकोले सम्भवत यति ठूलो राशिको नगद पुरस्कारको चाजो मिलाउने क्रममा तल्लिन भएको बताए ।

उक्त बिशेष आकर्षण कार्यक्रमको लागि नेपाली भाषामा अनुभव हासिल गरेका र बिदेशीलाई समेत नेपाली भाषा पढाउने पेशामा संलग्न व्यक्तिहरुलाई समेत चयन गरिएको छ ।

उक्त आयोजित कार्यक्रमको लागि टेक्सस राज्यबाट आएका युएनएका संस्थापक तथ्जा सफल व्यवसायी पासाङ्ग लामाले युवाहरुलाई प्रोत्साहन र उत्प्रेरणा गर्ने मुख्य उद्धेश्य साथ चर्चित र सफल बिशेष व्यक्तित्वहरुलाई सम्मेलनमा आमन्त्रित गरि दोश्रो पुस्तासंग अन्तरक्रिया गराउने समेत गर्दै आएको उल्लेख गरे ।

लामाले अगाडी भने एमआईटि,न्युयोर्कको एल विश्वबिद्यालय र हार्वर्ड जस्ता प्रसिद्ध बिश्वबिद्यालयमा अध्ययनरत नेपाली बिधार्थीहरुको खोजी गरि उनीहरुलाई सम्मेलनमा बोलाई अन्य नेपाली समुदायका नेपाली बिधार्थीहरुलाई समेत उत्प्रेरणा होस् भन्ने हेतुले बिगत सम्मेलनमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको बताए ।
त्यसको अतिरिक्त उनले महत्वपूर्ण कुराहरु राख्नुको साथै संस्था जन्मिएको पृष्ठभूमि ,उद्धेश्य र कुन वर्गलाई समेट्छ भन्ने कुराको प्रकाश पारेका थिए ।

युएनए सम्मेलन संयोजक अम्मर छन्त्यालले आफ्ना मन्तब्य राख्दै सबैलाई समेट्दै विभिन्न समितिहरु निर्माणको प्रारम्भिक रुपमा खेस्रा मात्र कोरेको भन्दै निर्माण हुने समिति ,उपसमिति आदी ईत्यादी माथि सल्लाह ,सुझाव र मार्ग निर्देशन अनुसार संसोधन र परिमार्जित हुने स्पष्ट पारेका थिए ।

र उपसंयोजक, सहसंयोजक, बिभिन्न समिति,उपसमितिको घोषणा बिस्तारै सार्वजनिक गर्ने समेत जानकारी छन्त्यालले दिएका थिए ।

उक्त भेटघाट तथा छलफल कार्यक्रममा आमन्त्रित समाजसेवी डा श्याम कार्की,महा बाणिज्यदुत प्रेम राजा महत,बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ, प्रवासी नेपाली एकता मन्च अमेरिकाका सभापति प्रभु थापा,नेपाली पत्रकारहरुको अन्तर्रा्ष्ट्रिय संजाल (ईञ्जा)कासभापति गुणराज लुइँटेल, गैरआवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका अध्यक्ष डोलनाथ घिमिरे लगायतले बाल्टिमोरमा हुने ५ औ युएनए सम्मेलनको सफलताको लागी शुभकामना दिएका थिए ।

सबै अतिथिहरुले बाल्टिमोर नगरीमा भएको सम्मेलन सबै बाल्टिमोरवासीको हो भन्दै आफूले गर्न सक्ने सहयोग गर्न कुनै कसर नछोड्ने बताएका थिए । सबैले सबैलाई समेट्ने प्रयास गरियोस भन्दै सम्मेलन सफलता बनाउन सबै एक जुट हुनु पर्ने कुरामा जोड दिएका थिए । युएनए संयोजकमा नियुक्त गरेकोमा संस्थापक पासाङ्ग लामालाई धन्यवाद दिदै ५ औ सम्मेलन संयोजक छन्त्याल सहयोगी ,मिलनसार र एक असल समाजसेवी भन्दै सबैले मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रममा बालबालिका प्रतिभा प्रतियोगिताका संयोजक तथा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोका संचालक तेक्वान्दो मास्टर (गुरु) कुमार कार्की, खेलकुद संयोजकको तर्फबाट चन्द्र लामा,युवा कार्यक्रम संयोजक रमेश भट्ट( नेपालीको छोरो )बालबालिकाको नेपाली भाषा प्रतियोगिताको लागि बिष्णु शर्मा, साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका संयोजक कलाकार सृजन ताम्राकार, आर्थिक तथा बजार व्यवस्थापन इन्द्र बहादुर थापा लगायतले संक्षेपमा आफ्ना कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा युएनए सम्मेलन समिति मध्ये कै बाल्टिमोर तमु समाजका अध्यक्ष तथा समाजसेवी कुल गुरुङले स्वागत मन्तब्य राखेका थिए भने अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज (ईनास )मेरिल्याण्ड शाखाका अध्यक्ष श्रीजन ताम्राकारले कार्यक्रम संचालन गरेका थिए ।

मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा हुने पाँचौ युएनए सम्मेलन बाल्टिमोरमा २३ देखि २५ सम्म मेरिल्याण्ड राज्यको पाइक्सभिल शहर स्थित डब्बल ट्री हिल्टन होटल(अतिथि गृह )मा हुने छ ।

युएनए गैरराजनैतिक, गैर धार्मिक ,जातीय वा क्षेत्रीय सोचबाट मुक्त रहेको एक गैर मुनाफा सामाजिक संस्था हो । सम्मेलनमा बहस कार्यक्रम, हिज्जे प्रतियोगिता, (स्पेलिङ्ग बी )बालबालिका प्रतिभा प्रतियोगिता। विभिन्न मञ्चका कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना हुने छ ।

गत बर्ष न्युयोर्क सम्पन्न सम्मेलनमा उर्जा मन्त्री बर्षामान पुन प्रमुख अतिथी रहेका थिए भने राजदूत डा अर्जुन कु कार्की (विद्यावारिधी)बिशेष अतिथीको रुपमा सहभागिता जनाएका थिए । यसै गरि एनआरएन बिश्वका पूर्व अध्यक्ष शेष घले तथा जमुना घले समेतले सहभागिता जनाएका थिए ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ०७:३० मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...