back
CTIZAN AD

कविता : यादहरु

वि.सं.२०७६ फागुन १७ शनिवार

1.3K 

shares

आमाले पिठ्युबाट
डोको बिसाएर
गग्रेटोमा गाग्रो बिसाउँदै
खुइय्य सुस्केरा हालेर
पसिना पुस्दै
चुलोबाट भातको भाँडो ओरालेर
पस्किएको
मकैको भातको स्वाद जस्तो
कहाँ हुँदो रहेछ र
ग्यासमा पकाएको
बास्मती चामल,
पैसा भन्दा धेरै मूल्यवान छ
आमाको माया
त्यही मायामा बगेको यो मन
कत्ति बिचल्लित छ आज
नयाँ युग सँग ।।

याद त उही पुरानै हुँदो रहेछ
बिचारहरु तिनै आउँदा रहेछन्
याद हराएको मन
र याद भरिएको मन
बिचारको गहिराइ
उमेरको परिपक्वता सँगै
डाँडाका फेदीबाट च्याइरहने
कुहिरोको कुँडुलो जस्तै
उकुसमुकुस हुन्छ मन पनि
भरिएर होला
पोखिने ठाउँ नपाएर होला ।।

शब्दहरुमै डुबुल्की मारेर
खोज्छु भावनाको गहिराइ
छामेर अन्तर मन
तिनै बाल्यकालका यादहरु ।।

वि.सं.२०७६ फागुन १७ शनिवार ०९:५६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...