back

कविता : यादहरु

वि.सं.२०७६ फागुन १७ शनिवार

825 

shares
GLOBAL IME AD
NTC AD

आमाले पिठ्युबाट
डोको बिसाएर
गग्रेटोमा गाग्रो बिसाउँदै
खुइय्य सुस्केरा हालेर
पसिना पुस्दै
चुलोबाट भातको भाँडो ओरालेर
पस्किएको
मकैको भातको स्वाद जस्तो
कहाँ हुँदो रहेछ र
ग्यासमा पकाएको
बास्मती चामल,
पैसा भन्दा धेरै मूल्यवान छ
आमाको माया
त्यही मायामा बगेको यो मन
कत्ति बिचल्लित छ आज
नयाँ युग सँग ।।

याद त उही पुरानै हुँदो रहेछ
बिचारहरु तिनै आउँदा रहेछन्
याद हराएको मन
र याद भरिएको मन
बिचारको गहिराइ
उमेरको परिपक्वता सँगै
डाँडाका फेदीबाट च्याइरहने
कुहिरोको कुँडुलो जस्तै
उकुसमुकुस हुन्छ मन पनि
भरिएर होला
पोखिने ठाउँ नपाएर होला ।।

शब्दहरुमै डुबुल्की मारेर
खोज्छु भावनाको गहिराइ
छामेर अन्तर मन
तिनै बाल्यकालका यादहरु ।।

वि.सं.२०७६ फागुन १७ शनिवार ०९:५६ मा प्रकाशित

‘पहिलो किरण’ कवितासङ्ग्रहको दाङमा लोकार्पण

‘पहिलो किरण’ कवितासङ्ग्रहको दाङमा लोकार्पण

दाङ । साहित्यकार गिरिराज खनालको ‘पहिलो किरण’ कविता सङ्ग्रह घोराही...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु– ६ चुँदी, तनहुँ हाल चनपा ६ मातातीर्थ...

सुसेली

सुसेली

वासुदेव ठकुरी तारकेश्वर न.पा.–९, मनमैजु १ बिस्र्यो नभन तिमीलाई संझेर...

‎गजल

‎गजल

कुमार थापा, निजगढ, बारा ‎तिम्रै हुँ भन्छ्यौ प्रेयसी आधार खै...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

गजल

गजल

तिलक ‘गाउँले’ तिलागुफा – ३, कालिकोट बनेकै हो बुबा प्यारो...