back
CTIZAN AD

गजल

वि.सं.२०७६ फागुन १७ शनिवार

681 

shares

सुख खुशी के हो, नजानी सकियो ;
यो जिन्दगी आफ्नो,नठानी सकियो ।

मेरो धर्ती आकाश, ढाक्यो बादलैले ;
घामै पो नदेखी , विहानी सकियो ।

दुखेसो जिवनको, घटेन कहिल्यै !
सिरानी भिजेरै, जवानी सकियो ।

आँखामा जहिल्यै, साउनको झरी ;
यो प्यासै नबुझी, त्यो पानी सकियो ।

जीवनलाई एउटा, रंगमञ्च भन्थे ;
कहानी नबुझी, चारआनी सकियो ।

बनेको जो थियो, गयो नासिएरै ;
जे थिथो जिवनको,निशानी सकियो ।

फिक्कल, इलाम

वि.सं.२०७६ फागुन १७ शनिवार ०९:५७ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...