back
CTIZAN AD

कविता : अन्तर्द्वन्द

वि.सं.२०७६ फागुन १७ शनिवार

729 

shares

कुनै दिन….
सायद …..
आजै हुनु पर्छ
मैले चालै नपाइ
एउटा जून सुटुक्क
मेरो मनको मझेरीमा
सुस्तरी झरेथ्यो

**

गोधुलीमा सन्ध्याले
क्षितिजका भित्ताहरु
रंगाउदै गर्दा
मैले मेरो मनको
दैलो उघारेर
राता गुलाबको
तोरण टाँगेथेँ र
संघारमा प्रेमको
दियो बालेथेँ

**

उसको आगमनमा
उसैको सुगन्ध बोकेर
आउने बतासले
कानैमा भनेथ्यो
“ल है सम्हाल’

**

सिंगै जून मैले
मायाको पछ्यौरीले छोपी
मनको सिंहासनमा सजाएथेँ
समर्पणका फूलहरुले
अर्चना गरेँ गरि नै रहेँ

**

समयले समयलाई नै
बदली दियो
समयको प्रवाह संगै
बगेका हामी
दुई किनार बन्न
बाध्य भयौँ
ऊ डाँडामाथी बाट
ओझेल भयो
म अन्धकारमा रुमलिएँ
न मिलन सम्भव थियो
न त भेट नै भयो

**

तर आज अनायासै
यादका झरीहरु
एक पछि अर्को गर्दै
लगातार आइरहेछन्
प्रणयका मृदुल
स्वरहरु सुसाइ रहेछन
सायद……
आज पनि त्यही दिन
हुन पर्छ
प्रेम दिवसको ?

**

रातो गुलाबको
मनमोहक सुवास
बोकेर आउने
उहीँ बतास
उहीँ सुगन्ध छ
उहीँ आभास
उहीँ अनुभुति छ
उहीँ अर्चना
उहीँ समर्पण छ
फरक यति छ
ऊ छैन

**

अन्तरमनको द्वन्दमा
विस्वास कहिले दृढ़ बन्छ
कहिले डग्मगाउछ
परास्त हुँदैछु म
सायद ऊ आउदैछ
सायद ऊ आउदैन ????
दिल र दिमागको
लडाइँमा हार केवल
दिल कै हुन्छ
हो सधैं जस्तै
यस पटक पनि
हार दिल कै भएको छ
दिल कै भएको छ ।।

**

ठिमी-९, राधे राधे भक्तपुर

वि.सं.२०७६ फागुन १७ शनिवार १०:०२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...