back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ फागुन १७ शनिवार

915 

shares

(१)
दुई किनार भयौ हामी साङ्ले खोलामा
दिउँला माया धार्नी हजुर लिउँला तोलामा
इच्छाहरु तुहिदो हो एक्लै चिसो रात काट्दा
खुसी छ कि पीरको भारी तिम्रो झोलामा ।।

(२)
गह्रौ मनको भारी बिसाउथ्यौ कोठाभित्र
म भन्दा धेरै तिमी रिसाउथ्यौ कोठाभित्र
समस्या त कति झेलियो यो जिन्दगीमा,
तन संग संगै मन मिसाउथ्यौ कोठाभित्र ।।

(३)
तिहारमा देउसी भैलो खेल्थ्यौ बत्ती बालेर
आइपर्ने समस्या संगै झेल्थ्यौ बत्ती बालेर
एउटै यात्रा चाहना उस्तै उस्तै भएसी के भो ?
मायाको रोटी मज्जाले बेल्थ्यौ बत्ती बालेर ।।

(४)
यी नजर सधैं ती अधरमा ठोकिन्छ किन
दौलतको तराजुमा माया तौलिन्छ किन
बुझियो भावनाले मनलाई धकेल्दो रहेछ
छताछुल्ल बैँस मेरै आँगनमा पोखिन्छ किन ?

(५)
झमक्क सांझ पर्न नपाउदै कुरा हुन्थ्यो कोठाभित्र
वर वर झन् नजीक सर्दै कुरा हुन्थ्यो कोठाभित्र
बैँस जवानी र मात उस्तै उस्तै हुन्छ भन्थे हो रछ,
आपसमा कपाल मुसार्दै कुरा हुन्थ्यो कोठाभित्र ।।

वि.सं.२०७६ फागुन १७ शनिवार १०:०६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...