back
CTIZAN AD

सरकारले गर्यो कोरोना भाइरस नियन्त्रणका लागि उच्चयस्तरीय कमिटि गठन

वि.सं.२०७६ फागुन १८ आइतवार

822 

shares

१८ फागुन, काठमाण्डौं । चीनको वुहानबाट सुरु भएर विश्वका ६४ भन्दा बढी देशमा फैलिइसकेको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि सरकारले उच्चस्तरीय कमिट गठन गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अर्थ तथा सूचनामन्त्री सहित सिंहदरबारमा आइतबार बसेको बैठकले रक्षामन्त्री पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उच्च शतर्कता अपनाउने, जनचेतना अभिवृद्धि गर्ने, सजगता अपनाउने र आवस्यक सम्पूर्ण तयारीका तथा निर्णयहरु गरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय कमिटि गठन गरिएको हो ।

जसमा गृहमन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल, उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ तथा सूचनामन्त्री युवराज खतिवडा रहेका छन् ।

उक्त बैठकमा कोभिड–१९ (नोवेल कोरोना भाइरस) को रोकथाम, नियन्त्रण र आवस्यक तयारीका सम्बन्धमा हालसम्म भएका तयारीको बारेमा समिक्षा समेत गरिएको थियो ।

बैठकमा सम्बद्य सरकारी निकायहरु, सरोकारवालाहरु, एवं आम जनसमुदायबाट भएका महत्वपूर्ण सहयोगद्धारा हालसम्म सो रोगको संक्रमण तथा फैलावटलाई रोक्न सफलता मिलेको सम्बन्धमा चर्चा गरिएको बताएको छ ।

कोरोना प्रभावित देशबाट आउने उडान बन्द गर्ने सरकारको तयारी

वि.सं.२०७६ फागुन १८ आइतवार १७:३० मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...