back
CTIZAN AD

कोरोना संक्रमण हुनबाट यसरी बचाउनुहोस् आफ्ना बालबालिकालाई

वि.सं.२०७६ फागुन २१ बुधवार

825 

shares

जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले कोरोना संक्रमणबाट आफ्ना बालबालिकालाई यसरी बचाउन सकिने उपाय सुझाएका छन् ।

केही समयदेखि निरन्तर रुपमा कोरोना भाइरस संक्रमण सम्बन्धी सामाजिक संजालमार्फत् जनचेतना जगाउँदै आएका डा. पाण्डेले बालबालिकालाई कोरोना संक्रमणबाट बचाउनका लागि यस्ता उपाय अपनाउन अभिभावकलाई सुझाएका छन् ।

यस्तो छ डा. पाण्डेले दिएको सुझाव

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण ५ दर्जनभन्दा धेरै देशमा फैलिएको छ । रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बाताबरण छ । आफ्ना बालबालिकालाई कसरी बचाउने भन्ने चिन्ताले अभिभावकहरु गहिरो चिन्तामा छन् । घर, स्कुल लगायत सबैतिर कोरोना संक्रमणको हल्ला सुनेर बालबालिका धेरै त्रस्त छन् ।

बालबालिकालाई कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही जानकारी तथा उपाय अबलम्बन गर्न जरुरि छ ।

-विश्वभर झन्डै एक लाख व्यक्तिमा कोरोना संक्रमण प्रमाणित हुँदा तथा ३ हजार भन्दा धेरै व्यक्तिको मृत्यु हुँदा बालबालिकामा कोरोना संक्रमण नगन्य मात्रामा देखिएको छ ।

– अहिले फैलिएको रुघाखोकी सिजनल तथा सामान्य रुघाखोकी हो । कोरोनाको लक्षण हैन । नेपाल हालसम्म कोरोनामुक्त छ ।

-बालबालिकाका गतिबिधि, घुमफिर, काम, खानाको प्रकार तथा अन्य व्यक्तिहरुसंग सम्पर्क कम हुने भएकोले कोरोना सर्ने वातावरण कम हुन्छ ।

-बालबालिकामा दीर्घरोगहरु जस्तै क्यान्सर, मधुमेह, मुटुको रोग, दम, मृगौलाको रोग एचआईभी संक्रमण आदि हजारौंमा एकजनालाई पनि नहुने भएकोले जोखिम बर्गमा राखिएको छैन ।

-बालबालिकामा कोरोना संक्रमणको लक्षण सामान्य रुघाखोकीको जस्तो हुन्छ । जस्तै – खोकी, नाक बन्द हुने, नाकबाट पानी बगिरहने, पखाला लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने नै हो । ती लक्षण मौसमी रुघाखोकीसंग मिल्छन् ।

-कोरोना संक्रमण भएको व्यक्तिले नजिकैबाट खोकेमा, हाच्छ्युं गरेमा नाक तथा मुखबाट आउने कणहरुले कोरोना सार्ने सम्भावना हुन्छ । ती र्याल, सिंगान, खोकीबाट आएका कण कुर्सि, बेन्च, डेस्क, गाडीको सिट, टावेल लगायतका कपडा आदिमा बस्न सक्छन् । ती ठाउँमा हातले छोएमा हात मार्फत शरीरमा प्रवेश गर्छन ।

-यो रोगको कुनै खोप तथा औषधि नभएकोले घातक मानिएको हो । तर संक्रमण भएका १०० जनामा जम्मा २(३ जनाको मृत्यु हुन्छ । मृत्युदर धेरै उमेर भएका व्यक्तिमा उच्च देखिएको छ । संक्रमित बालबालिकामा मृत्युदर १००० जनामा एकजनामा पनि छैन । अर्थात ०.१ ५ भन्दा थोरैमा छ ।

– मास्कको अभाव भएमा डराउनु पर्दैन । निरोगी व्यक्तिको लागि मास्कको खासै काम छैन । संक्रमण भएको व्यक्तिले अरुलाई नसरोस् भनेर मास्क लगाउनु पर्ने जनस्वास्थ्य विद तथा बैज्ञानिकको मान्यता छ । मास्क लगाएपछि नाक चिलाउने, बोल्न गाह्रो हुने, चस्मामा बादल लाग्ने, मास्क मिलाउन बारम्बार हात मास्क, आँखा, नाक, मुख आदिमा गइरहने भएकोले झन् संक्रमणको डर हुन्छ । हामीकहाँ पाइने सर्जिकल र मेडिकल मास्क, कपडाका मास्क आदिले कोरोना भाइरस रोक्न सक्दैनन् । त्यसको लागि ल् ढछ लगायतका स्तरीय मास्क मात्र उपयोगी हुन्छन् ।

– कोरोनाको संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने, कुहिनामा वा टित्स्स्यु पेपरमा छ्युं गर्ने -(हातमा नगर्ने), ह्याण्ड स्यानिटाइज तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने, तथा सफा टावेलले मात्र हात पुछ्ने ।

-भीडभाडमा नजाने, रुघाखोकी लागेको व्यक्तिसंग नजिकै नबस्ने, घुम्न नजाने ।

– मनतातो कागती पानी खाइरहने । मुख सुख्खा नराख्ने । अलिअलि पानी लगातार पिउने ।

-इन्फ्लुएन्जाको खोप लगाउने । यो खोपले अप्रतक्ष्य रुपमा रुघाकोकी सर्नबाट बचाउँछ ।

-मुखमा अमला, अदुवा, लसुन, ल्वांग राखिरहने ।

-घाममा बस्ने, कपडा घाममा राख्ने ।

-नियमित मुख कुल्ला गर्ने ।

-सरसफाइमा ध्यान दिने ।

– बाहिरको खाना सकभर नखाने । घरमै बनाएको खाना खाने ।

– सागसब्जी, फलफुल, दाल, गेडागुडी, दही प्रशस्त खाने ।

-बिना जरुरि काम घरबाट बाहिर ननिस्किने ।

-अरुका काँटा, चम्चा, प्लेट, तुम्लेट, टिफिन सेयर नगर्ने ।

-राम्रोसंग पाकेको माछामासु मात्र खाने । काँचो, हाफ बोइल नखाने ।

– बाटोमा बेच्ने चटपटे, पानीपुरी लगायतका खाना नखाने ।

-जनावरसंग धेरै नजिकिने नगर्ने ।

-इन्टरनेटमा भेटिने अपुष्ट कुराको विश्वास नगर्ने । डर नमान्ने । आफूलाई सिर्जनशील काममा व्यस्त राख्ने । अन्धविश्वासको पछि नलाग्ने ।

-रुघाखोकी छिटो निको नभएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकसंग जांच गराउने ।

फाइल: फोटो

वि.सं.२०७६ फागुन २१ बुधवार १४:५८ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...