back
CTIZAN AD

कोरोनाबारे यसरी सचेतना जगाउँदै छन् वलिउडका चर्चित कलाकार प्रियंका, दिपीका र सल्मान

वि.सं.२०७६ चैत ४ मंगलवार

903 

shares

४ चैत, काठमाण्डौ । बलिवुडका चर्चित कलाकार प्रियंका चोपडा, दिपीका पादुकोण र सल्मान खान लगायतले कोरोना भाइरसबारे सचेतना जगाउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठनले चलाएको ‘सेफ ह्याडस्’ च्यालेन्समा प्रियंका चोपडा र दिपीका पादुकोणलाई पनि सामेल गरिएको हो ।

विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणलाई विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरिसकेको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा ठूलो असर परेको छ । पछिल्लो पटक कोरोना भाइरस संक्रमणसँग लड्नका लागि विश्वका विभिन्न देशले बोर्डर सिल्ड, हवाईसेवा बन्द, राष्ट्रिय आपतकालिन घोषणालगायत गरिसकेका छन् भने केही दिनयता कोरोना संक्रमण रोकथामका लागि विभिन्न देशका सरकारले करोडौ डलर छुट्याइको समाचार पनि सार्वजनिक भएका छन् ।

यतिबेला विश्व स्वास्थ्य संगठनले ‘सेफ ह्याण्ड्स’ नामक अभियान चलाइरहेको छ । अभियानले मानिसहरुलाई भाइरस संक्रमणबाट बच्नका लागि सचेतना जगाउँदै आएको छ । जसमा राम्रोसँग हात धुने तरिका पनि बताइएको छ ।

उक्त अभियानका लागि संगठनले वलिवुडका चर्चित कलाकारहरुलाई पनि सामेल गरेको हो । उनीहरुले आफ्नो नमस्ते गरेको फोटो सामाजिक संजालमा सेयर गर्दै अरुलाई पनि सेयर गरेर सचेतना जगाउन अनुरोध गरेका छन् ।

जसमा प्रियंकाले एकअर्कामा हात मिलाउनु र अंकमाल गर्नु भन्दा नमस्ते गर्न सल्लाह दिएकी छन् । प्रियंकाले आफ्नो इन्स्ट्राग्राममा एक भिडियो सेयर गरेकी छन् । जसमा उनले मानिसहरुलाई ‘नमस्ते’ गर्ने बानी बसाल्न अनुरोध गरेकी छन् ।

त्यसैगरी इटालियन कलाकार एन्ड्रिया बोस्काले पनि प्रियंकाको भिडियोमा कमेन्ट गर्दै धन्यवाद दिएकी छन् ।

यसैगरी सल्मान खान, अनुपम खेर, अक्षयकुमारले पनि कोरोना भाइरसबाट बच्न सल्लाह दिएका छन् । जसमा सल्मान खानले ‘नमस्ते’ को सल्लाह दिएका छन् । उनले सोसल मिडियामा आफ्नो एक फोटो पोस्ट गर्दै कोरोना भाइरसको त्रास सकिएपछि एकअर्कामा हात मिलाउनुहोस् र अंकमाल गर्नुहोस् तर अहिले अभिभादन गर्ने सबैभन्दा राम्रो तरिका नमस्ते रहेको सुझाएका छन् । अक्षयकुमारले पनि नमस्तेकै सल्लाह दिएका छन् ।

वि.सं.२०७६ चैत ४ मंगलवार ११:१४ मा प्रकाशित

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...